• २०८१ बैशाख १२ बुधबार

पर्साको जगरनाथपुर गाँउपालिकामा कांग्रेस विजयी 

kharibot

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार श्रीकान्त यादव र उपाध्यक्षमा पनि कांग्रेसकै बबिता सिंह निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित यादवले पाँच हजार ७४९ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार महम्मदसलिम मन्सुरले भने तीन हजार ९२६ मत प्राप्त गरे । 

यसैगरी गाउँपालिका उपाध्यक्षमा सिंहले पाँच हजार ५३१ मत पाउँदा  उनका निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार मीरादेवी कुर्मीले तीन हजार ३४५ मत प्राप्त गरिन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै