• २०८१ बैशाख ८ शनिबार

उपेन्द्र यादवको वडामा हार्यो जसपा, एमाले विजयी

kharibot

विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको वडा विराटनगर महानगरपालिका–१४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

एमालेका वडाध्यक्ष उम्मेदवार सुर्यनारायण महतोले १२१५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी जसपाका उम्मेदवार बलदेव यादवले ७८२ मत मात्र पाए । यादव निवर्तमान अध्यक्षपनि हुन् । यस वडामा काँग्रेस र एमालेले एक एक सदस्य जितेका छन् भने महिला सदस्य एमालेले जितेको छ । त्यस्तै दलित सदस्य एमालेले जितेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै