• २०८१ बैशाख ६ बिहीबार

साँफेबगर-१३ बाब्लामा पुनः भएको मतदान शान्तिपूर्ण सम्पन्न

kharibot

अछाम । साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा भएको पुनः मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । 

आज बिहान ७ बजे सुरु भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो । 

३० वैशाखमा झडपका कारण रद्द भएको मतदान पुनः भएको हो। मतदान केन्द्र राष्ट्रिय माध्यमिक विद्यालयमा सुरक्षा कडा पारिएको थियो । 

सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षाको जिम्मा लिएका थियो । १ हजार ९ सय ६७ मतदाता रहेका बाब्लामा जम्मा १ हजार २ सय ४३ मत खसेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै