• २०८१ बैशाख ७ शुक्रबार

रुपन्देहीको सम्मरीमाईमा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष निर्वाचित

kharibot

भैरहवा । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार बनेका विनोद कुमार श्रीवास्तव ४ हजार १ सय ३४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल माओवादी केन्द्रका जितेन्द्रनाथ शुक्लले ३ हजार ५ सय २ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै कुमारी प्रियंका शाही सिंह ४ हजार ४ मत ल्याई निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी बिन्द्रावती गुप्ताले ३ हजार ३ सय ४ मत प्राप्त गरिन । 

वडा नम्बर १ मा कांग्रेसकै शिव कुमार यादव ९ सय ५१ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका कमलापति यादवले ५ सय ९९ मत पाए ।

वडा नम्बर २ मा लोसपाका अजय कुमार गुप्त बनिया ५ सय ६८ मत ल्याई विजयी घोषित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका अबरार अहमद मुसलमानले ४ सय ७० मत पाए ।

वडा नम्बर ३ मा कांग्रेसका अदहम अली देवान ५ सय ८५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका अंकित कुर्मीले ४ सय ८० मत प्राप्त गरे ।

वडा नम्बर ४ मा नेपाली कांग्रेसका दिवाकर प्रसाद दुबे ८ सय २८ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका सुजित कुमार त्रिपाठीले ३ सय ३९ मत प्राप्त गरे ।

वडा नम्बर ५ मा माओवादीका श्रवण कुमार यादव ६ सय २७ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका शेरअली मुसलमानले ६ सय १७ मत प्राप्त गरे । 

वडा नम्बर ६ माओवादीकै तौलन केवट ५ सय ७४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पवन कुमार सिंहले ५ सय ५७ मत पाए ।

वडा नम्बर ७ मा लोसपाका राधेश्याम कुर्मी ६ सय ५९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्रीनारायण यादवले ५ सय १४ मत पाए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै