• २०८१ बैशाख १३ बिहीबार

उपाधि जितिसकेको रियल म्याड्रिड अन्तिम खेलमा रोकियो

kharibot

काठमाडौं । उपाधि विजेता रियल म्याड्रिडले ला लिगा फुटबलको अन्तिम खेलमा रियल बेटिसँग  शुक्रबार राति गोलरहित बराबरी खेलेको छ ।

कार्लो एन्सोलोट्टीले ला लिगा च्याम्पियन र कोपा डेल रे विजेताकोबीचको खेलमा बलियो प्लेईङ सेट उतारेका थिए । तर, लिभरपुलसँग  यूइएफए च्याम्पियन्स लिगको उपाधि प्रतिस्पर्धा अघि रियल बराबरीमा रोकियो । 

कप्तान तथा अनुभव स्ट्राइकर करिम बेन्जमा दुई पटक गोलनजिक रहे पनि लिग गोल २७ पुर्‍याउन सकेनन् । ग्यारेथ बेल जसले रियल म्याड्रिड छोड्ने तयारी गरेका छन् । उनी खेलमा सहभागी भएनन् ।

खेलमा रियलले तीन टार्गेट सट प्रहार गरेको थियो । यस्तै, रियल बेटिसका ४० वर्षीय खेलाडी जोआक्विनले ला लिगामा ६०० खेल खेलेका छन्  । रियल म्याड्रिडले सिजनमा ३८ खेल खेल्दै ८६ अंक बनायो । ६५ अंक बनाएको बेटिस पाँचौ स्थानमा रह्यो   । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै