• २०८१ बैशाख ८ शनिबार

अमेरिकी र दक्षिण कोरियाली राष्ट्रपतिबीच भेटवार्ता

kharibot

सोल । अमेरिकाका राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक—योलका बीचमा शनिबार भेटवार्ता भएको छ । योल राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक दक्षिण कोरियाको भ्रमणमा आउनु भएका बाइडेन र योलबीच सोलमा भेटवार्ता भएको हो । 

आणविक हतियारको चर्चा र कोरोना भाइरसको महामारी चलिरहेका बेला भएको उहाँहरूको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । उनले सोल राष्ट्रिय स्मृति पार्कमा प्रार्थना गरेर भ्रमणको सुरुवात गर्नु भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

त्यसपछि दुई राष्ट्रपतिका बीचमा छलफल भयो र पत्रकार सम्मेलन गर्नुभयो । उहाँले आइतबार जापानको भ्रमण गर्ने कार्यक्रम रहेको छ । 

उनीहरूले आणविक हतियारसँगै रुस—युक्रेन युद्धलगायत विषयमा पनि छलफल गर्नुभएको जनाइएको छ । 

त्यसैगरी आपसी सम्बन्ध थप बलियो बनाउने, सहकार्य बढाउनेलगायतका विषयमा पनि छलफल भएको अधिकारीहरूले जनाएका छन् । 

अमेरिकी रणनीतिका लागि जापान र दक्षिण कोरिया महत्वपूर्ण देश भएकाले पनि बाइडेनले ती देशका शीर्ष नेताहरूसँग छलफल गर्नुलाई चासोका साथ हेरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै