• २०८१ बैशाख ७ शुक्रबार

रुसी सिपाहीलाई युक्रेनमा युद्ध अपराधको मुद्धामा आजीवन काराबास

kharibot

२१ बर्षिय रुसी सिपाही सार्जेन्ट वादिम शिशिमारिन

काठमाडौँ । युक्रेनको एक अदालतले रुसी ट्याङ्क चलाउने सिपाहीलाई आक्रमणपछि पहिलो पटक युद्ध अपराधको मुद्दामा सर्वसाधारणको हत्या गरेको अभियोगमा आजीवन जेल सजाय सुनाएको छ । पक्राउ परेका २१ बर्षिय सिपाही सार्जेन्ट वादिम शिशिमारिनलाई २८ फेब्रुअरीमा उत्तरपूर्वी गाउँ चुपाखिभकामा ६२ वर्षीय ओलेक्जेन्डर शेलिपोभको हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको हो ।

उनले शेलिपोभलाई गोली हानेको स्वीकार गरे तर आफूले आदेशमा काम गरिरहेको अदालतमा बताएका थिए ।

युक्रेनद्वारा धेरै अन्य युद्ध अपराधका घटनाहरुको अनुसन्धान भइरहेको छ । मस्कोले आक्रमणको क्रममा आफ्ना सेनाले सर्वसाधारणलाई लक्षित गरेको कुरा अस्वीकार गरेको छ भने युक्रेनले रुसी सेनाबाट युक्रेनमा ११ हजारभन्दा बढी अपराधहरू भएको हुनसक्ने बताएको छ ।

युक्रेनको राजधानी कीभमा भएको यो ट्रायललाई युक्रेनले युद्धको नियमको ख्याल नगरी रुसी सैनिकले एक नागरिकको हत्या गरेको कुरामा कुनै शंका छैन भनेर प्रमाणित गर्ने मौकाको रूपमा हेरिएको छ । 

नीलो र खैरो हुड भएको स्वेटसर्ट लगाएका शिशिमारिनले अदालतको कोठामा चुपचाप रहदै कार्यवाही हेरेको बिबिसीले उल्लेख गरेको छ ।  उनले न्यायाधीशले फैसला पढ्दा कुनै भावना नदेखाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

फैसला अघि, राज्यद्वारा नियुक्त शिशिमारिनका प्रतिरक्षा वकिलले कुनै रुसी अधिकारी उनीसँग सम्पर्कमा नरहेको बताए । राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले क्रेमलिनलाई यस केसको बारेमा कुनै जानकारी नभएको बताएका छन् । हत्या हुँदा २१ वर्षीय शिशिमारिन र अन्य सैनिकहरू आफूले कब्जा गरेको कारमा यात्रा गरिरहेका थिए जब तिनीहरूको कार आक्रमणमा पर्यो र तिनीहरू आफ्नो युनिटबाट अलग भएका थिए ।

यात्राको क्रममा उनीहरूले शेलिपोभलाई आफ्नो फोनमा कुरा गरिरहेको देखेपछि आदेश अनुसार आफुले राइफलले गोली हानेको अदालतमा बताएका थिए ।

उनका बचाव पक्षका वकिलले शुक्रबार अदालतलाई शिशिमारिनले गोली चलाउने आदेशलाई दुई पटक अस्वीकार गरेपछि मात्रै गोली चलाएको र तीनदेखि चार राउन्डमध्ये एउटा मात्र निशानामा लागेको बताए ।

बयानकै क्रममा मृतककी विधवा पत्नी काटेरीना शेलिपोभाले शिशिमारिनसँग सामना गरेकी थिइन् । उनले भनेकी थिइन्- 'कृपया मलाई भन्नुहोस्, तपाईं [रूसीहरू] किन यहाँ आउनुभयो ? हामीलाई बचाउन ?  उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनमाथि आक्रमणको औचित्यमाथि प्रश्न गरेकी थिइन् । उनले अगाडी भनिन्- 'हामीलाई कसबाट जोगाउनु ? के तपाईंले मलाई मेरो श्रीमान्, जसलाई मार्नु भयो ?'

सिपाहीसँग यसको कुनै जवाफ थिएन । पहिले विधवासँग माफी माग्दै उनले भने- 'तर म बुझ्छु तपाईले मलाई माफ गर्न सक्नुहुन्न ।' श्रीमती शेलिपोभाले भनिन्- 'म उसको लागि धेरै दु:खी छु तर यस्तो अपराधको लागि म उसलाई माफ गर्न सक्दिन ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै