• २०८१ बैशाख ८ शनिबार

पर्यटन बोर्डद्वारा व्यवसायसम्बन्धी तालिम प्रदान

kharibot

काठमाडौँ । नेपाल पर्यटन बोर्डले हालै ६४५ जनालाई पर्यटन व्यवसायसम्बन्धी तालिम प्रदान गरेको छ । 

बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीका अनुसार सुदूरपश्चिममा ४३ महिलालाई गाइड तालिम प्रदान गरिएको जानकारी दिए ।

यस क्रममा बोर्डले नेपालगञ्ज, धनगढी र धरानमा पर्यटन मेला सम्पन्न गरेको छ ।

यहाँ आज आयोजित कार्यक्रममा बोर्डका सदस्यद्वय मदन आचार्य र मिलन देवकोटाले नेपालको पर्यटन विदेशमा प्रवद्र्धन गर्न योगदान दिएका नरबहादुर टण्डनलाई सम्मान गरेका थिए । 

कार्यक्रममा बोर्डका निर्देशक हिक्मतसिंह ऐरले मुलुकको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न विभिन्न गतिविधि सञ्चालन गरिएकोबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

मुलुकमा पर्यटनको प्रचुर सम्भावना रहेकाले यसको विकास गर्न आवश्यक पूर्वाधारको खाँचो रहेको उल्लेख गर्दै पर्यटकसँग पर्यटन सेवा शुल्क, पदयात्रा सूचना व्यवस्थापन प्रणालीको विकासका लागि निश्चित शुल्क लिने गरिएको उनले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै