• २०८१ बैशाख ८ शनिबार

इराकमा बालुवाको आँधी

kharibot

काठमाडौँ । इराकमा आएको बालुवाको आँधीका कारण सार्वजनिक भवन र एयरपोर्टहरू अस्थायी रूपमा बन्द गरिएको छ ।

यो अप्रिलको मध्ययताको नवौं बालुवा आँधी हो । इराकी राजधानी बगदाद धुलोको आँधीले ढाकेको छ र यातायात पूर्ण रूपमा ठप्प भएको छ ।

इराकी प्रधानमन्त्री मुस्तफा अल कादेमीले सरकारी कार्यालयका सबै काम स्थगन गर्ने निर्णय गरेका छन् । तर, स्वास्थ्य सेवा भने सामान्य रहनेछ । इराक जलवायु परिवर्तनका कारण धेरै चुनौतिहरूको सामना गरिरहेका पाँच देशमध्ये एक हो ।

बालुवा आँधीका कारण अहिलेसम्म ४ हजार भन्दा बढीलाई श्वासप्रश्वास सम्बन्धि समस्या आएपछि अस्पताल भर्ना गरिएको गल्फ टाइम्सले उल्लेख गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै