• २०८१ बैशाख ७ शुक्रबार

मुक्तिनाथ बैंकको मुद्दती खाताहरुमा १३ प्रतिशत सम्म ब्याजदर पाइने 

kharibot

काठमाडौँ l मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई व्यक्तिगत मुद्दती खाताहरुमा यो जेष्ठ महिनाका लागि अत्यन्त लाभदायी अफर ल्याएको छ । 

बैंकले यो जेष्ठ महिनामा खुल्ने रेमिट्यान्स व्यक्तिगत मुद्धती खातामा उच्चतम १३ % को वार्षिक ब्याजदर र व्यक्तिगत मुद्धती खातामा १२ % वार्षिक ब्याजदर प्रदान गरेको छ । बैंकमा न्यूनतम ५ हजारको  मुद्धती खाता खोल्न सकिने छ र अवधि भने न्यूनतम ३ महिना देखि १५ वर्ष सम्म ग्राहकले रोज्न सक्नेछ । यस खाताबाट बचत गर्न चाहाने ग्राहकहरुलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । 

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यस्तै  प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै