• २०८१ बैशाख १४ शुक्रबार

के खाँदा पाइन्छ प्रोटिन ? शरीरलाई प्रोटिनको आवश्यकता किन पर्छ ? 

kharibot

स्वास्थ्य । मानव जीवनको महत्वपूर्ण पाटो भनेमो नै स्वस्थकर जीवनशैली हो । एउटा स्वस्थ मान्छे नै हरकार्यमा सफल हुन सक्छ । जीवनको पहिलो अनिवार्य आवश्यकता हो स्वास्थ्य  । स्वस्थकर जीवनको लागि पोषण तत्व आवश्यक हुन्छ ।

पोषक तत्वमा  प्रोटिन सामावेश गरिएको हुन्छ । प्रोटिनको कमी भएमा शरिर कमजोर हुन्छ । स्वस्थ जीवनको लागि धेरै कुरामा सावधानी अपनाउनु पर्ने हुन्छ । अंग र मांसपेशी, स्नायु प्रणाली तथा प्रतिरक्षा प्रणालीको विकासको लागि प्रोटिनले महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।  

प्रोटिनको आवश्यकता हाम्रो तौल तथा क्यालोरी इन्टेकमा निर्भर गर्छ । जम्मा क्यालोरीको मात्रामा २० देखि २५ प्रतिशत प्रोटिनको आवश्यकता पर्दछ । हामी प्रत्येक दिन २ हजार क्यालोरीको प्रयोग गर्दछौ  भने त्यसमा ६ सय क्यालोरी प्रोटिनबाट लिन आवश्यक हुन्छ । 

पर्याप्त प्रोटिनको अभावमा शरिरको तरल पदार्थको उत्पादन घटाउछ र यसले शरिरको लचिलोपनालाई घटाउछ । शरिरमा प्रोटिनको कमीले ररक्तकोशिकाको संख्या कम हुन जान्छ । 

  • प्रोटिनको अभावमा शरिरमा हेमोग्लोविन कमी हुन सक्छ । 
  • रगतमा ग्लुकोजको स्तर कम हुने संभावना बढ्न सक्छ । 
  • प्रोटिनको कमीले पटक पटक भोक लाग्ने समस्या आउन सक्छ ।  
  • सही मात्रामा प्रोटिन लिन सकिएन भने यसले तपाईको कपाल र नङमा नकारात्मक असर पार्दछ । 
  • प्रोटिनको कमीले रोगप्रतिरोधात्मक क्षमतामा कमी आउछ र  पटक पटक बिरामी परिरहने समस्या देखा पर्न सक्छ । जसले शरिरमा पिडा महशुस हुन्छ ।  

प्रोटिनको स्रोत 
दूध
दुध प्रोटिनको राम्रो श्रोत हो, र यसमा क्याल्सियम र भिटामिन डि पनि प्रचुर मात्रामा पाइन्छ । 

विभिन्न अन्न र दाल 
अन्न र दालमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । 

सिमीजन्य तथा समुन्द्री खाना 
यसमा प्रोटिनको  साथ फाइबर पनि प्रचुर मात्रामा पाइन्छ । 

अण्डा
अण्डामा राम्रो गुणस्तरको प्रोटिन पाइन्छ । दैनिक एक अण्डा स्वस्थ अण्डा खानाले पर्याप्त मात्रामा प्रोटिन प्राप्त गर्न सकिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै