• २०८१ बैशाख ७ शुक्रबार

सी’ डिभिजन लिग- झापालाई तीन अंकको अग्रता

kharibot

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगको १०औं चरणका खेल समाप्त भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने तल्लो डिभिजनको लिगको अब तीन चरणका खेल बाँकी रहेका छन् । 

तीन खेल बाँकी रहँदा झापा फुटबल क्लब २५ अंक सहित शीर्षस्थानमा छ । झापाले तीन अंकको अग्रता बनाएको छ । 

यस्तै प्लानिङ ब्वाईज युनाईटेड र आरसी ३२ फुटबल एकेडेमी समान २२ अंक सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । 

जारी लिगबाट शीर्ष दुई टिम बी डिभिजन लिगमा बढुवा हुनेछन् । यस्तै पुछारको दुई टिम सी डिभिजन छनोटमा घटुवा हुनेछ । 

यस्तै महावीर क्लब १८ अंक सहित  चौथो, १६ अंकको सानेपा पाँचौँ स्थानमा छन् । समान १४ अंकका पुलचोक स्पोर्टस् क्लब र समाज कल्याण खेलकुद केन्द्र क्रमशः छैटौँ र साँतौं स्थानमा छन् । 

खालीवाली  यूथ एफसी र मनोहरा युनाईटेड क्लब १३ अंक सहित आठौं र नवौं स्थानमा छ । यस्तै रानीवारी स्पोर्टस् साँगाको नौं अंक सहित १२औं स्थानमा छ । 

यता, चार अंक सहित ओसिस क्लब र वीरगन्ज यूथ एकेडेमी क्रमशः १३औं र १४औं स्थानमा छ । दुवै टोली रेलिगेसनको संघारमा छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै