• २०८१ बैशाख ७ शुक्रबार

चिनियाँ विदेशमन्त्रीले दक्षिण प्रशान्त महासागरका टापु देशको भ्रमण गर्ने

kharibot

बेइजिङ । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले मे २६ देखि जुन ४ सम्म सोलोमन टापु, किरिबाटी, सामोआ, फिजी, टोङ्गा, भानुआटु, पपुवा न्युगिनी र पूर्वी टिमोरको औपचारिक भ्रमण गर्ने भएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले मङ्गलबार सो भ्रमण बारे जानकारी दिएका छन् ।

प्रवक्ताका अनुसार वाङले माइक्रोनेसियाको सङ्घीय राज्यको भ्रमण गर्ने, कुक टापु र निउका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरूसँग भिडियोमार्फत भेटघाट गर्ने र फिजीमा हुने दोस्रो चीन-प्रशान्त टापु देशका विदेशमन्त्रीहरूको बैठकको अध्यक्षता गर्ने कार्यक्रम छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै