• २०८१ बैशाख ७ शुक्रबार

ललितपुरमा चिरीबाबुको जित, १८ हजार मत अन्तरले हारे हरिकृष्ण

kharibot

काठमाडौँ । ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जन विजयी भएका छन् ।

महर्जनले ४२ हजार ७२२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत ल्याएका थिए । महर्जनले ब्यञ्जनकारलाई १८ हजार १६२ मत अन्तरले पराजित गरेका हुन् ।

त्यसैगरी उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्यले २५ हजार ८५ मत ल्याएर विजयी भएकी छन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादीका बाबुराज बज्राचार्यले १८ हजार ७५२ मत ल्याएका छन् ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै