• २०८१ बैशाख ७ शुक्रबार

टेक्सासको प्राथमिक विद्यालयमा गोली चल्दा १८ बालबालिकाको मृत्यु

kharibot

काठमाडौँ । अमेरिकाको टेक्सास राज्यमा एक युवकले प्राथमिक विद्यालयमा गोली चल्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।

यस गोलीबारीमा हालसम्म १८ बालबालिका र एक जना वयस्कको मृत्यु भएको सिएनएनले जनाएको छ ।

टेक्सासका गभर्नर ग्रेग एबोटलाई उद्धृत गर्दै रोब इलिमेन्टरी स्कूलमा गोली चल्दा सो घटना भएको बताएका छन् । सोही क्रममा प्रहरीको जवाफी कारबाहीमा गोली चलाउने १८ बर्षय साल्भाडोर रामोसको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ  ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रोब इलिमेन्टरी स्कुलमा भएको घटना निकै दुखद भएको बताएका छन् । स्कूलमा गोलीबारीमा मारिएकाहरूको सम्मानमा, सबै सैन्य र नौसेना जहाजहरू, स्टेशनहरू, र विदेशमा रहेका सबै अमेरिकी दूतावासहरू र अन्य कार्यालयहरूमा अमेरिकी झण्डा आधा झुकाउने घोषणा गरेका छन् । 

युभाल्डे, टेक्सासमा भएको यो घटना सन् २०१२ को स्यान्डी हुक इलिमेन्टरी स्कूलमा भएको गोलीकाण्डभन्दा बढी घातक भएको गभर्नर ग्रेग एबोटले बताए ।

घटनामा ६० वर्षीया महिला पनि गम्भीर घाइते भएकी उनको उपचार भइरहेको अस्पतालले जनाएको छ । साथै १० वर्षीया बालिकाको अवस्था पनि गम्भीर रहेको सिएनएनले उल्लेख गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै