• २०८१ बैशाख ७ शुक्रबार

पोखराको मतगणना सकियो, कसले कति मत पाए ?

kharibot

काठमाडौँ । पोखरा महानगरपालिकाको मतगणना सकिएको छ । बैशाख ३० गते सम्पन्न मतदानको बुधबार बिहान गणना सकिएको हो ।

पोखराको मेयरमा गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन् । उनले ५८ हजार ८९३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कृष्ण बहादुर थापाले ५२ हजार ८४८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा भने नेकपा एमालेकी मन्जुदेवी गुरुङ विजयी भएकी छन् । गुरुङले ६० हजार ५४६ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्दी कोपिला रानाभाटले ५६ हजार ६६३ मत प्राप्त गरेकी छन् ।

त्यस्तै ३३ वडा रहेको पोखरा महानगरमा नेपाली काँग्रेसले २३ वडामा जित हासिल गरेको छ । त्यस्तै ९ वडामा नेकपा एमाले विजयी भएको छ भने एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै