• २०८१ बैशाख ७ शुक्रबार

रोमाले जित्यो युरोपा कन्फेरेन्स लिगको उपाधि

kharibot

काठमाडौँ । इटालियन क्लब एएस रोमाले युइएफए युरोपा कन्फेरेन्स लिगको उपाधि जितेको छ ।

गएराती सम्पन्न युरोपा कन्फेरेन्स लिगको फाइनल खेलमा रोमाले फेयनूर्डलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

रोमाको जितमा खेलको ३२औं मिनेटमा निकोलो जानिओलोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यसै सिजनबाट शुरु गरिएको युरोपा कन्फेरेन्स लिगको उपाधि जितेर रोमाले इतिहास बनाएको छ । रोमा यो उपाधि जित्ने पहिलो टिम बनेको छ । त्यस्तै रोमाक म्यानेजर जोसे मोरिन्होले अर्को युरोपियन उपाधि जितेका छन् । मोरिन्होले युरोपा सबै टिन प्रतियोगिता च्याम्पियन्स लिग, युरोपा लिग र कन्फेरेन्स लिग जित्ने पहिलो म्यानेजर समेत बनेका छन् ।

त्यस्तै गत बर्ष रोमाको म्यानेजर बनेका मोरिन्होले रोमालाई २००७-०८ मा कोपा इटालियाको उपाधि जितेपछिको पहिलो ट्रफी जिताएका छन् ।

म्यानेजरको रुपमा मोरिन्होले पोर्टो र इन्टर मिलानलाई च्याम्पियन्स लिग जिताएका छन् भने म्यानचेस्टर युनाइटेडलाई युरोपा लिग   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै