• २०८१ बैशाख १३ बिहीबार

ट्विटरका संस्थापक डोर्सीको ट्विटर बोर्डबाट पनि राजीनामा

kharibot

काठमाडौँ । ट्विटरका संस्थापक तथा पूर्व सीईओ ज्याक डोर्सीले पनि ट्विटर बोर्डबाट राजीनामा दिएका छन् । गत नोभेम्बरमा डोर्सीले सीईओ पदबाट राजीनामा दिएपछि पराग अग्रवाललाई नयाँ सीईओ बनाइएको थियो ।

यस राजीनामापछि ज्याक डोर्सीको ट्विटरसँगको सम्बन्ध पूर्ण रूपमा समाप्त भएको छ ।

गत वर्ष सीईओको पद छोडेपछि, कम्पनीले ज्याक डोर्सी आफ्नो कार्यकाल समाप्त नभएसम्म बोर्डमा रहने र २०२२ स्टकहोल्डरहरूको बैठकमा भाग लिने अपेक्षा गरेको थियो । तर अहिले डोर्सीले ट्विटर बोर्ड छोडेको खबर यस्तो समयमा आएको हो जब टेस्लाका सीईओ एलोन मस्कले ट्वीटर किन्ने प्रक्रिया शुरु गरेका छन्, यद्यपि सम्झौतामा शिलबन्दी भइसकेको छैन ।

एलोन मस्क र ट्विटर बीचको सम्झौता सुरुदेखि नै विवादमा रहेको छ । भर्खरै उनले कम्पनीले नक्कली प्रयोगकर्ताको बारेमा गलत जानकारी दिएकाले यो सम्पूर्ण सम्झौता रोकिएको घोषणा गरेका थिए । 

त्यसपछि ट्वीटरले एलोन मस्कलाई केही ट्वीटमार्फत कम्पनीसँगको नन-डिस्कलोजर सम्झौता (नन-डिस्कलोजर सम्झौता) तोडेको आरोप लगाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै