• २०८१ बैशाख ८ शनिबार

कठिन परिस्थितिमा अँगालो हाल्दा तनाव कम !

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । यदि कसैले तपाईंलाई कठिन परिस्थितिमा अँगालो हाल्छ भने, तनाव कम महसुस हुन्छ । अमेरिकामा गरिएको एक अनुसन्धानले यहि निष्कर्ष निकालेको छ ।

यो महिलाको सन्दर्भमा झन् बढी हुने अनुसन्धानले देखाएको छ । ७६ जनामा गरिएको अनुसन्धानमा कसैले महिलालाई अँगालो हाल्दा त्यस व्यक्तिमा कोर्टिसोल नामक तनाव हर्मोन कम उत्पादन हुने कुरा पत्ता लागेको थियो । 

यो अनुसन्धान अमेरिकाको एरिजोना विश्वविद्यालयमा गरिएको हो । अन्वेषकहरूका अनुसार कोर्टिसोलले स्मरणशक्तिमा प्रभाव पार्न सक्छ, जसले तनावपूर्ण कार्यलाई अझ गाह्रो बनाउन सक्छ । जब मानिसले मायाले अँगालो हाल्छ, तब अक्सिटोसिन नामक हर्मोन उत्पादन हुन्छ । यसले कोर्टिसोलको प्रभावलाई कम गर्छ ।

यस्तै अनुसन्धान सन् २०१८ मा पनि गरिएको थियो । भनिन्छ नकारात्मक घटना पछि कसैलाई अँगालो हाल्दा राम्रो महसुस हुन्छ । वैज्ञानिकहरू पनि भन्छन् कि अँगालो हाल्नु अघि अगाडिको व्यक्तिलाई यसको आवश्यकता छ वा छैन भनेर बुझ्नु आवश्यक छ । किनकि अगाडिको व्यक्तिको दिमागको अवस्थाले मात्र अँगालो हाल्दा यसको प्रभाव बताउन सक्छ । यस अध्ययनको नतिजा नेचर जर्नलमा प्रकाशित भएको छ ।

अनुसन्धानका अनुसार यसको सामाजिक कारण पनि हुनसक्छ । धेरै पुरुषहरू अँगालोको बारेमा राम्रो महसुस गर्दैनन्, किनकि उनीहरूलाई सामाजिक रूपमा असामान्य वा पुरुषहरूका लागि अप्ठ्यारो रूपमा हेरिन्छ । अर्को कारण महिला र पुरुष बीचको स्पर्श पनि हुन सक्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै