• २०८१ बैशाख ८ शनिबार

यी हुन् ओटीटीमा धेरै पारिश्रमिक लिने बलिवुड सेलिब्रेटी

kharibot

काठमाडौँ । बलिवुडमा ओटीटी प्लेटफर्मको लोकप्रियता कोरोना अवधिदेखि अत्यधिक बढेको छ । यस्तो अवस्थामा, बलिउड र सबै उद्योगका मानिसहरू पनि ओटीटी प्रोजेक्टहरूमा आकर्षित भइरहेका छन् । सेलिब्रेटीहरूले यी परियोजनाहरूका लागि मोटो पारिश्रमिक लिने गर्छन् । यस रिपोर्टमा ति सेलिब्रेटीहरू, जसले फिल्महरू भन्दा ओटीटी प्रोजेक्टहरूको लागि बढी शुल्क लिन्छन्, उनीहरुको बारेमा चर्चा गरिएको छ । हामीले विभिन्न भारतीय मिडियाहरुको सहयोगमा यो रिपोर्ट तयार गरेका छौं ।

बलिवुडका चर्चित अभिनेता र ओटीटीमा सफल अभिनेता मध्ये सैफ अली खानको नाम सबै भन्दा अगाडी आउछ । उनले अभिनय गरेको सेक्रेड गेम्स सुपर हिट भएको थियो । उनले यस प्रोजेक्टका लागि १५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका थिए ।

सैफ अली खानपनि ओटीटीमा धेरै पारिश्रमिक लिने अभिनेता हुन् नवाजुद्दीन सिद्दिकी । नवाजले एक प्रोजेक्टका लागि १० करोड पारिश्रमिक लिन्छन् । उनका सेक्रेड गेम्स, सिरियस म्यान, धुमकेतु, रात अकेली है जस्ता सिरिज आएका छन् ।

त्यस्तै अभिनेत्री राधिका आप्टे पनि ओटीटीमा निकै लोकप्रिय छिन् । उनले प्रति प्रोजेक्ट ४ करोड पारिश्रमिक लिने गर्दछिन । राधिकाले अहिलेसम्म सेक्रेड गेम्स, घोल, ओके कम्प्युटर जस्ता सिरिज गरेकी छन् ।

त्यस्तै अर्का अभिनेता पंकज त्रिपाठीका सिरिज पनि ओटीटीमा निकै चर्चित छन् । उनले प्रत्येक ओटीटी प्रोजेक्टका लागि १० देखि १२ करोड लिने गर्दछन । पंकजका अहिलेसम्म सेक्रेड गेम्स, मिर्जापुर, क्रिमिनल जस्टिस जस्ता चर्चित सिरिज आएका छन् ।

त्यस्तै अभिनेता अली फैजल पनि ओटीटीमा चर्चित नाम हो । अलीले ओटीटीका प्रति एपिसोड १२ लाखसम्म पारिश्रमिक लिने गर्दछन् । उनका अहिलेसम्म मिर्जापुर, फरबीडेन लव, रे जस्ता सिरिज आएका छन् ।

त्यस्तै अभिनेता मनोज बाजपेयी पनि ओटीटीमा निकै लोकप्रिय रहेका छन् । उनले प्रति ओटीटी एपिसोडका लागि २५ लाख पारिश्रमिक लिन्छन् । उनका अहिलेसम्म द फ्यामिली म्यान, मिसेज सिरियल किलर, डायल १००, साइलेन्स क्यान यू हियर मी, रे जस्ता सिरियल आएका छन् ।

त्यस्तै अभिनेत्री प्रियामणिले द फ्यामिली म्यानमा अभिनय गरेकी छन् । उनले यस सिरिजका लागि प्रति एपिसोड १० लाख पारिश्रमिक लिएकी थिइन् ।

ओटीटीमा अर्को चर्चित नाम हो अभिनेता जितेन्द्र कुमार । जितेन्द्र कुमारलाई ओटीटीको सुपरस्टार पनि भनिन्छ । उनले हरेक एपिसोडका लागि ४ लाख पारिश्रमिक लिने गर्दछन् । कोटा फ्याक्ट्री, पंचायत जस्ता चर्चित सिरिजमा उनले काम गरेका छन् ।

त्यस्तै स्क्याम १९९२ जस्तो सिरिजबाट चर्चामा आएका अभिनेता प्रतीक गान्धीले प्रति एपिसोड ५ लाख पारिश्रमिक लिने गर्दछन । त्यस्तै हास्यकलाकार सुनिल ग्रोवरले पनि ओटीटीमा काम गरेका छन् । उनले प्रति एपिसोड ५ लाख पारिश्रमिक लिने गर्दछन । उनका ताण्डव, सन फ्लावर जस्ता सिरिज रिलिज भइसकेका छन् ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै