• २०८१ बैशाख ७ शुक्रबार

प्रतिनिधिसभामा मन्त्रीको टिप्पणीप्रति एमालेको आपत्ति, बैठक १५ मिनेटका लागि स्थगित

kharibot

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले फेरी विरोधमा उत्रिएको छ । एमालेको विरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

बैठक शुरु हुनासाथ उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले विशेष समय लिएर बोलेको विषयमा एमालेका सांसदहरुले आपत्ति जनाउदै विरोध गरेका छन् ।

मन्त्री बडूले एमाले अध्यक्ष एवं प्रतिपक्षी दलको नेता केपी शर्मा ओलीले विहिबार प्रतिनिधि सभामा बोलेको विषय प्रति ध्यानाकर्षण भएको भन्दै ओलीले सरकारले आयल निगम निजीकरण गर्न लागेको भन्ने विषय झुटो रहेको बताएका थिए ।

मन्त्री बडूले ओलीले भने जस्तो सरकारले आयल निगमको विकल्प खोजेको र सबै पेट्रोलियम पदार्थ ल्याउने जिम्मा निजी क्षेत्रलाई दिने भन्ने कुरा सत्य नभएको बताएका थिए ।

एमालेले मन्त्री बडूले आफ्ना अध्यक्षप्रति गलत र असंसदीय भाषा प्रयोग गरेको भन्दै संसद अवरोध गरेको छ । बडूले राजनीतिक पूर्वाग्रहले टिप्पणी गरेको भन्दै खेद व्यक्त गरेका थिए ।

बडुको टिप्पणी पछि एमालेका सांसदहरुले उठेर विरोध गरेका थिए । लगातर विरोध भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै