• २०८१ बैशाख १३ बिहीबार

बंगलादेशविरुद्ध श्रीलंकालाई श्रृंखला

kharibot

काठमाडौं  । घरेलु टोली बंगलादेशलाई पाँचौ दिन १० विकेटले  हराउँदै भ्रमणकारी टोली श्रीलंकाले दुई टेष्टको श्रृंखला १-० ले जितेको छ । 

शुक्रबार ढाकास्थित शेर बंगला राष्ट्रिय रंगशालामा १० विकेटको जितसँगै श्रीलंकाले श्रृंखला आफ्नो कब्जामा पारेकाे हो । पहिलो टेष्ट भने बराबरीमा सकिएको थियो । 

दोस्रो टेस्टको पाँचौं तथा अन्तिम दिन बंगलादेशको दोस्रो इनिङ १६९ रनमा सीमित भएपछि श्रीलंकाले जितका लागि मात्र २९ रनको लक्ष्य पाएको थियो ।

श्रीलंकाका ओपनर ओसादा फर्नान्डोले नौ बलमा तीन चौका र एक छक्का मद्दतमा अविजित २१ रन जोड्दा कप्तान दिमुथ करुणारत्नेले नौ बलमा एक चौकासहित अविजित सात रन बनाए ।  

यसअघि ३४–४ बाट अन्तिम दिनको खेल सुरु गरेको बंगलादेशको दोस्रो इनिङ १६९ रनमा सीमित भएको थियो । बंगलादेशले १३५ रन जोड्दा बाँकी ६ विकेट गुमाएको थियो । बंगलादेशका लिटन दासले ५२ तथा साकिब अल हसनले ५८ रन जोडे । 

श्रीलंकाका आशिथाले १७ ओभर ३ बलमा ५१ रन खर्चेर ६ विकेट लिँदा कसुन राजिथाले दुई तथा रामेश मेन्डिसले एक विकेट लिए । 

यसअघि बंगलादेश पहिलो इनिङमा ३६५ रनमा सीमित भएको थियो । श्रीलंकाले एन्जेलो म्याथ्युजको १४५ र दिनेश चन्डिमलको १२४ रन मद्दतमा ५०६ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाले पहिलो इनिङमा बंगलादेशमाथि १४१ रनको अग्रता लिएको थियो । श्रीलंका पछि अब, बंगलादेशले वेष्ट इन्डिजविरुद्ध दुई टेष्ट, तीन टी–२० र तीन एकदिवसीय श्रृंखला खेल्नेछ । यता, श्रीलंकाले अष्ट्रेलियासँग टी–२० र ओडीआई श्रृंखला खेल्नेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै