• २०८१ बैशाख ७ शुक्रबार

लाइसेन्स् विना गाडी चलाउने ५५ चालक प्रहरी नियन्त्रणमा

kharibot

नुवाकोट । तोकिएको चालक अनुमतिपत्रविना मिनीट्रक चलाएको भन्दै नुवाकोट प्रहरीले ५५ चालकलाई आज एकै दिन नियन्त्रणमा लिएर जरिवाना गरेको छ । 

जिल्लाका विभिन्न स्थानमा जाँचचौकी राखी सवारीसाधन जाँच गर्ने क्रममा आइचर मिनीट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

हल्का सवारीसाधन चलाउने अनुमतिपत्र लिएका चालकले हेभी भेइकल चलाएकाले गाडीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । 

नियन्त्रित चालकलाई रु दुई हजार जरिवाना गरी पहिलो पटकलाई छाडिएको प्रहरीले जनाएको छ । आज नियन्त्रणमा लिइएका चालक र गाडीको लगत राखी आगामी दिनमा यस्तै गल्ती दोहो¥याएमा सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइने प्रहरीको भनाइ छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै