• २०८१ बैशाख ४ मंगलबार

काठमाडौँ र धरानको मेयरको जित विशिष्ट छ, गणतन्त्रमा दुई नयाँ फुल फुले- प्रचण्ड

kharibot

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहमा दुई विशिष्ट पात्रले काठमाडौँ र धरानमा चुनाव जितेको बताएका छन् ।

संसद्मा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि शनिबार विचार राख्दै प्रचण्डले काठमाडौँ र धरानको मेयर चुनावमा विशिष्ट ढंगले आएको बताएका छन् ।

प्रचण्डले अहिले काठमाडौँ र धरानमा जितेका दुई मेयरको जितलाई विशिष्ट मान्नु पर्ने बताउदै यी दुई मेयर संघीय लोकतान्तिक गणतन्त्रमा दुई फुलको रुपमा फक्रेको टिप्पणी बताएका छन्  ।

काठमाडौँ र धरानको मेयरमा स्वतन्त्र उम्मेदवारलाई जिताएर जनताले दलहरुले गरेका गल्तिलाई सच्याउने अवसर र चुनातीको रुपमा लिनु पर्ने बताएका छन् । प्रचण्डले स्वतन्त्र उम्मेदवारले जित्दैमा दलहरुको विकल्प सकिएको रुपमा लिन नहुने बताउदै यसलाई नयाँ अवसरको रुपमा लिनु पर्ने बताएका छन् । 

इतिहासको कालखण्ड यस्ता पात्रहरु देखा पर्ने बताउदै चुनावको बेला गरेका प्रतिबद्धता कति पुरा गर्छन् भन्ने कुरा महत्वपूर्ण भएको बताए ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै