• २०८१ बैशाख ६ बिहीबार

आजको राशिफल: २०७९ साल जेठ १५ गते आइतवार

kharibot

आजको राशिफल  बि.सं. २०७९ साल जेठ १५ गते आइतवार ई.सं.२०२२ मे २९ नेपाल सम्बत ११४२ बछलागा चतुर्दशी जेष्ठ कृष्ण चतुर्दशी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण चतुर्दशी तिथी, चन्द्रमा मेष राशिमा, कृत्तिका नक्षत्र, अतिगंड योग, शकुनि करण । नेपालमा सूर्योदय बिहान ५: ०९ बजे, सूर्यास्त साँझ ६: ५३ बजे हुनेछ ।

आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ३५ मिनेट देखि १० बजेर १८ मिनेट सम्म छ । आज गणतन्त्र दिवस-बटसावित्री व्रत परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ । महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । कुटुम्ब र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ । आज विद्यार्थीहरूका लागि प्रतिष्ठित काम गर्ने अवसर छ । आज तपाईका लागि शुभरङ्ग सिन्दूरे रातो, शुभअङ्क ९, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ हं हनुमते नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

बिहान बाह्रौं भावमा रहेको चन्द्रमाका कारण दिनभरि विभिन्न समस्या झेल्ने समय छ । मन त्यसैत्यसै उत्ताउलो र चञ्चल बन्नसक्छ । मूल रूपमा आज दुःखसुख,सफलता–असफलता उस्तैउस्तै होला । अपराह्नपछि आफ्नै घरमा चन्द्रमाको प्रवेश भए पनि शुभफल पाउन संघर्ष नै गर्नुपर्छ । साँझपख रमाइलोपन र विलासितातर्फ मन आकर्षित हुनेछ । पाहुनाको स्वागत सत्कार गर्नुपर्छ । प्रतिस्पर्धी र शत्रुले उकास्न सक्छन् । व्यापार व्यावसायमा मिश्रित अवस्था हुनेछ । आज तपाईका लागि शुभरङ्ग सेतो वा बैजनी, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि  ॐ चित्रगुप्ताय नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज छात्रछात्राको पठनपाठनमा ध्यान केन्द्रित हुन सक्दैन, त्यसैले गुरु र मान्यजनको सल्लाह र सुझावलाई पालना गर्नु मुनासिब हुने देखिन्छ । आमव्यक्तिका लागि विश्वासको वातावरण बन्नेछ, निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनेछ, कर्मप्रति इमानदार र लगनशील भइने छ । दैनिक कामकाजको चाप बढ्न सक्छ । शत्रुहरू पराजित हुनेछन् । आज तपाईका लागि शुभरङ्ग कालो, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ नीलसरस्वत्यै नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज तपाईका लागि घरायसी सम्बन्ध सुमधुर रहने दिन छ । मातापिता र मान्यजनको सहानुभूति र आशीर्वाद प्राप्त हुनेछ । कर्मचारीले हाकिमलाई खुसी पार्ने र काम बनाउने दिन हो । अरुले पनि आज ठूलाबडाको सहयोग पाउने दिन छ । सन्तानपक्षबाट सन्तुष्टि मिल्नेछ । व्यापारव्यवसायमा सोचेजति लाभ पाइने छ । आफ्नो क्षेत्रमा साख रहनेछ । धार्मिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । गरेका काममा सफलता पाइने छ । छात्रछात्राले चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सक्नुपर्छ। प्रतियोगितामा सफल हुने दिन छ । आज तपाईका लागि शुभरङ्ग ध्वाँसे, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ भूमिदेव्यै नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

अभिभावक वा मातापिताको आशीर्वाद लिन सके आज कुनै महत्त्वपूर्ण काम बन्नसक्छ । ढिलै भए पनि चाहना र मनोकाङ्क्षा पूरा हुने समय आएको छ । प्रयासमा सफलता प्राप्त हुने दिन छ, तर प्रतिस्पर्धी र शत्रुले काम बिगार्ने प्रयास गर्नेछन।  सचेत हुनुपर्छ । प्रतिष्ठित व्यक्तिसित सहयोग लिन सकिन्छ । आफन्तजनबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । व्यापार र रोजगारीका क्षेत्रमा कामको चाप बढ्न सक्छ । तर जीवनसाथी र बालबच्चाबाट सहयोग लिने अनुकूलता हुँदैन । कुनै अप्रत्याशित काममा धनखर्च हुनसक्छ । छात्रछात्राको उन्नति हुने समय छ । आज तपाईका लागि शुभरङ्ग सेतो वा पहेंलो, शुभअङ्क ५, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि  ॐ गुरवे नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज तपाईका लागि मध्यान्ह सम्म आठौं भावमा चन्द्रमाको गोचर हुनेछ। व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सचेत रहनु पर्छ । बाटो काट्दा वा सवारी साधनमा यात्रा गर्दा होस गरको जाति हुन्छ । अनुभवी र जानकार व्यक्तिको सल्लाहरसुझावलाई अनुसरण गरेको राम्रो हुन्छ । वैदेशिक क्षेत्रमा राम्रो छ, टाढा रहेका आफन्तजनसँग भेटघाट वा कुराकानी हुनसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्ने छ । कडा परिश्रमको प्रयोग गरी सुखद परिणाम हात पर्ने सम्भावना छ । साँझपख परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित बन्नेछ । रोकिएका प्रशासनिक काम अघि बढ्नेछन् । आज तपाईका लागि शुभरङ्ग कालो, शुभअङ्क ८, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ कालभैरवाय नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुने छ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ । अब रमाइलो त्यागेर कार्यप्रति सजगताका साथमा खट्ने समय आएको छ । यद्यपि महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ । अपराह्नमा आठौं भावमा चन्द्रमाको प्रवेश हुने भएकाले बेलुका घरपरिवारमा असमझदारी बढ्न सक्छ । सन्ततिको चिन्ताले सताउने छ । समय दिन नसक्नाले पारिवारिक वातावरण बिग्रन सक्छ । आज तपाईका लागि शुभरङ्ग गुलाबी वा सिन्दूरे, शुभअङ्क७, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ गृहलक्ष्म्यै नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ। 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । लगानीले उत्तरोत्तर फाइदा हुनेछ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । छात्रछात्राका लागि व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय निकाल्नु पर्ने देखिन्छ । बेलुकीपख मन रोमान्टिक बन्न सक्छ । आज तपाईका लागि शुभरङ्ग हलुका सेतो, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलतका लागि ॐ रां राहवे नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

दिनको सुरुवातमा केही समय ज्ञानगुन र बौद्धिकताका क्षेत्रमा मन आकर्षित भए पनि मानसिक चिन्ता र छटपटीले व्याकुल भइने छ । निराशा र वैराग्यका भावनाहरू देखा पर्ने सम्भावना छ, तर विद्यार्थीहरूको बौद्धिक र चिन्तनमूलक काममा नै दिन बित्नेछ । प्रेम तथा प्रणयका क्षेत्रमा राम्रो फल छैन । गृहिणीहरूले पारिवारिक सम्बन्ध वा सन्ततिका विषयमा विवादको स्थिति ब्यहोर्ने दिन हो, परिस्थिति विपक्षमा भएकाले आँफू चुप लागेर बस्नु नै जायज हुनेछ । पेटमा विकार आउने सम्भावना छ, खानपानमा सतर्कता अपनाउनु बेस हुनेछ । आज तपाईका लागि शुभरङ्ग हलुका नीलो वा हरियो, शुभअङ्क १, शुभदिशा पूर्व आज कार्य सफलतका लागि ॐ सरस्वत्यै नमः मन्त्र ०७ पटक जप गर्नु शुभ हुनेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज अपराह्नपछि तनाव र निराशाबाट मुक्ति पाउनु हुनेछ, तर दिनको सुरुवातमा चन्द्रमा कमजोर रहेकाले एकाबिहानै निराशाको अनुभूति हुनसक्छ, मान्यजनसँग असमझदारी बढ्न सक्छ । गृहिणीहरूले सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । सन्ततिपक्षका खुसीका खबर सुन्न पाइने छ । व्यवसायीहरूले सम्पत्तिको विवाद छ भने निराकरण गर्ने बाटो खोज्ने अनुकूलता मिल्न सक्छ वा छलफल हुनसक्छ । छात्रछात्राले पढाइलेखाइमा ध्यानकेन्द्रित गर्नु ठीक हुन्छ, प्रतिस्पर्धामा फाइदा हुँदैन । साँझपख पाँचौं चन्द्रमाको प्रभाव सुरु हुन्छ । त्यसपछि बौद्धिक क्षेत्रमा मन जानेछ । वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । आज तपाईका लागि शुभरङ्ग रातो वा पहेंलो, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ नमश्चण्डिकायै नम मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज तपाईको पराक्रम र प्रसिद्धि कमाउने राम्रो दिन हो । विभिन्न ठाउँको यात्रा हुने समय आएको छ । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेहरूले मानसम्मान र ख्याति कमाउन सक्छन् । परोपकारी र सामाजिक काममा मन जानेछ, नयाँ आशा जाग्नसक्छ, सन्तुष्टिको अनुभूति हुनेछ । इष्टमित्रले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि राम्रोरनराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित विवाद पर्ने सम्भावना छ तर तुरुन्त सुलह हुनेछ । आज तपाईका लागि शुभरङ्ग गाढा नीलो, शुभअङ्क ३, शुभदिशा पश्चिम आज कार्य सफलताका लागि ॐ सिद्धिविनायकाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आज तपाईका लागि मिश्रित प्रभाव भएको दिन छ । वित्तीय पक्षमा राम्रो छ । सभा–समारोहमा सहभागी हुनु पर्ने वा सामाजिक काममा खट्नु पर्ने दिन छ, चियोचर्चो गर्ने र कुरा काट्नेको सङ्ख्या बढने छ। आलोचकहरू बढ्ने सम्भावना छ । उता विश्वासपात्र र सहयोगीले आआफ्ना बाध्यता तेर्स्याएर टाढिने परिस्थिति बन्नेछ । मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ यद्यपि रोकिएका छुटपुट काम गर्नका लागि समय ठिकै छ । सामाजिक क्षेत्रमा सक्रियता बढ्ने छ, खानपान र मोजमज्जाका लागि खर्च गर्न मन हौसिने छ । घरायसी र पारिवारिक झैझमेलामा केही समय बित्नसक्छ । आज तपाईका लागि शुभरङ्ग घिउ रङ, शुभअङ्क २, शुभदिशा दक्षिण आज कार्य सफलताका लागि ॐ महालक्ष्म्यै नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै