• २०८१ बैशाख ६ बिहीबार

ह्यापी बर्थडे : अभिनयमा सफल श्रद्धा कपुर, प्रेममा पिताको हस्तक्षेप

kharibot

मुम्बई । बलिवुड अभिनेत्री श्रद्धा कपुर ३१ बर्षकी भएकी छन् । २०१० मा फिल्म तीन पत्तीमा सानो रोलबाट आफ्नो फिल्मी क्यारियर सुरु गरेकी श्रद्धाले पहिलो फिल्ममा नै महानायक अमिताभ बच्चनसँग अभिनय गरेकी थिइन् । 

श्रद्धाले हिरोइनको रुपमा लवका द एण्ड फिल्ममा अभिनय गरेपनि बक्स अफिसमा फिल्म फ्लप भयो । श्रद्धा कपुर पहिलो पटक फिल्म आशिकी-२ बाट अभिनेत्रीको रुपमा चर्चित भइन् । फिल्म बक्स अफिसमा सुपरहिट भयो । फिल्मले श्रद्धालाई बलिवुडमा स्थापित बनाइदियो ।    

आशिकी २ पछि श्रद्धाको फिल्म एक भिलेन सुपर हित भयो । बक्स अफिसमा सय करोडको ब्यापर गरेको यस फिल्मले श्रद्धाला अर्को सफलताको सिढीमा चढायो । २०१४ मै विशाल भारद्वाजको फिल्म हैदरमा पनि श्रद्धाको अभिनयको तारिफ भयो ।

त्यसपछि श्रद्धाको २०१५ मा अर्को हित फिल्म आयो एबीसीडी २ । डान्समा आधारित सो फिल्म पनि बक्स अफिसमा सफल भयो । २०१६ मा टाइगर सराफसँग आएको फिल्म बागी पनि श्रद्धाको सफल फिल्म मानिन्छ । त्यसपछि आएका श्रद्धाका फिल्म भने बक्स अफिसमा त्यति सफल हुन् सकेनन् । रक अन २, ओके जानु हसिना पार्करको असफलतालाई हाफ गर्लफ्रेन्डको सफलताले अलिकति राहत दियो । तर हाफ गर्ल फ्रेन्डले पनि सोचे जस्तो सफलता भने हासिल गर्न सकेन । 

अहिले श्रद्धा बत्ति गुल मिटर चालु, स्ट्रिट, साहो जस्ता फिल्ममा व्यस्त छिन् । साहोमा बाहुबली फेम अभिनेता प्रभाससँग अभिनय गरिरहेकी श्रद्धाले अभिनयका अलावा गायनबाट पनि आफ्ना लाखौ फ्यान बनाएकी छन् । २०१५ मा आएको फिल्म एक भिलेनमा श्रद्धाले गाएको गित सुपर हित भएको थियो । सो फिल्मबाट उनले बर्षको उत्कृष्ट सेलिब्रेटी गायकको अवार्ड हाता पारेकी थिइन् ।

फिल्ममा सफल हुदै गएकी श्रद्धा आफ्नो अपेयर्सका कारण पनि उत्तिकै चर्चामा रहेकी छन् । श्रद्धा बलिवुडकै चर्चित अभिनेता फरहान अख्तरसँगको अफयेर्सका कारण चर्चामा आइन् । श्रद्धासँगको अफयेर्सकै कारण फराहनको १७ बर्षको वैवाहिक सम्बन्ध बिग्रेर डिभोर्ससम्म पुगेको बलिवुडमा चर्चा छ । दुवैको अफयेर्सलाई श्रद्धा कपुरका पिता शक्ति कपुरले हस्तक्षेप गरेको बताइन्छ । यँहासम्मकी श्रद्धालाई फराहनको घरबाट जबर्जस्ती निकालेको रिपोर्ट पनि बाहिर आएको थियो । 

यसअघि श्रद्धाको अफयेर्स फिल्म आशिकी २ का हिरो आदित्य राय कपुरसँग चलेको बताइएको थियो । पछि दुवैको फिल्म ओके जानु पनि आयो तर बक्स अफिसमा सो फिल्म असफल भयो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै