• २०८१ बैशाख ६ बिहीबार

गणतन्त्र दिवसमा कागेश्वरी मनोहरामा वक्तित्वकला प्रतियोगिता

kharibot

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले १५औँ गणतन्त्र दिवसको अवसरमा विद्यालयस्तरीय वक्तित्वकला प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगितामा नगरपालिकाभित्रका नौ सामुदायिक विद्यालयका विद्यार्थी सहभागी थिए । प्रतियोगितामा आनन्द भैरव माध्यमिक विद्यालयकी छात्रा सतिस्मा खड्का पहिलो भए ।

आनन्द भैरवकै विष्णु नेपाली दोस्रो तथा गान्धी आदर्श विद्यालयका अर्जुन कोइराला तृतीय भए । नेपाल राष्ट्र निर्माण उच्च माविकी प्रशंसा पौडेलले सान्त्वना पुरस्कार प्राप्त गरे ।

उनिहरुलाई क्रमशः  आठ हजार पाँच सय, चार हजार सात सय ५० र तीन हजार दुई सय ५० पुरस्कार प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका नवनिर्वाचित प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा, वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारीलगायतले पुरस्कृत गरेका थिए । 

सो अवसरमा कागेश्वरी मनोहरा घर भई विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा नवनिर्वाचित प्रमुख कार्कीले अव्यवस्थित सहरीकरणलाई नियन्त्रण गरिने  बताए । उनले आफ्नो कार्यकालमा नगरवासीलाई सुशासनको प्रत्याभूति दिलाइने बताए । 

कार्यक्रममा कागेश्वरी मनोहरा–६ का वडाध्यक्ष प्रकाश फुयालले समृद्ध नगर निर्माणमा हातेमालो गर्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर दुईका सभापती कविर शर्मा फुयाल, सम्मानित पत्रकार कृष्णमुरारी भण्डारी, पत्रकारद्वय अजय फुयाल, राधेश्याम दाहाललगायतले आ–आफ्नो धारणा राखाएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै