साँफेबगर नगरपालिकामा सूचना प्रविधि केन्द्र स्थापना

खरीबोट
ad

अछाम । अछामको साफेबगर नगरपालिकाले नगर डाटा प्रोटल तथा सूचना प्रविधि केन्द्रको स्थापना गरेको छ । नगरपालिकाले शनिबार सूचना प्रविधि केन्द्रको शुभारम्भ गर्दै सूचना प्रविधि केन्द्र स्थापना गर्नेमा देशभरमै पहिलो स्थानीय तह बनेको बताएको छ । 

स्थानीय जनतालाई सुसूचित पार्ने र नगरका हरेक गतिविधिलाई सूचना प्रविधिसँग अपडेट गराउने उद्देश्यले सूचना प्रविधि केन्द्रको स्थापना गरिएको नगरपालिकाले जनाएको छ । मालिका विकास संघ नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा नगरमा सूचना प्रविधि केन्द्र स्थापना गरिएको हो । 

सूचना प्रविधि केन्द्रमार्फत नगरपालिकाभित्र भएका सबै नीतिगत निर्णय तथा कार्यक्रमको बारेमा सजिलै जानकारी प्राप्त गर्न सकिने नगर प्रमुख कुलबहादुर कँुवरले बताउनुभयो । जनप्रतिनिधि भइसकेपछि नगरपालिकाको कार्यालयमा सिसी क्यामरासमेत जडान गरिएको हो । सूचना प्रविधि केन्द्रको उदघाट्न गर्दै प्रदेश सांसद हर्कबहादुर कुँवरले छिटो छरितो, सुशासनका लागि प्रदेश ७ का सबै जिल्लामा विस्तार गर्न प्रदेश सरकारमा आफूले प्रस्ताव राख्ने प्रतिबद्धता जनाए । 

यस्तै धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडले २१औँ शताब्दीमा नेपालमा करिब ८० प्रतिशतभन्दा बढी जनताले मोबाइल प्रयोग गर्ने भएकाले त्यसैमा सूचना पाउने वातावरण मिलाउनका लागि सूचना प्रविधि केन्द्रको आवश्यकता भएको उल्लेख गरे । 

सम्बन्धित समाचार

ग्याजेट्सका कारण बालबालिकामा बढ्दै छन् यस्ता समस्या 

काठमाडौं । अहिलेको यो प्रविधिको युगमा बालबालिकाहरूले बोल्न सिक्नुभन्दा अगाडि नै स्मार्टफोन चलाउन जानिसकेका हुन्छन् । सानो उमेरमा नै स्मार्टफोन र ग्याजेट्स प्रयोग गर्नाले बालबालिकाको मनोविज्ञानमा यसले नराम्रो असर पार्दछ

पर्वतका किसानले हाइटेक प्रविधिको प्रयोग गरी कमाए तेब्बर बढी आम्दानी

पर्वत । पर्वतको जलजला गाउँपालिका–८ का राजन सापकोटाले छ वर्षअघिसम्म खुला आकाशमुनि तरकारी लगाउंथे । वर्षभरि दुःख गर्दा पनि श्रमअनुसारको आम्दानी लिन नसक्दा निराश भएका उनी जिल्ला कृषि विकास कार्यालयले आयोजना

व्यवसायिक कल निगरानीका लागि ‘कल सेवा’

काठमाडौं। व्यवसायिक फोनको दूरुपयोगको आवाजहरु आइरहेको  बेला  सूचना प्रबिधी सम्वन्धी काम गर्दै आएको कम्पनी एभरेस्ट कास्ट प्रा. लि. ले  व्यावसायिक कम्पनीलाई लक्षित गर्दै नेपालमै पहिलोपटक बिजिनेसकल ट्र्याकिङ्ग सिस्टम ‘कल सेवा’

पोर्न साइटमाथि प्रतिबन्ध लगाउन प्राधिकरणलाई सरकारको निर्देशन 

काठमाडौं । सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन निर्देशन दिएको छ । मन्त्रालयले


z