• २०८१ बैशाख ११ मंगलबार

बेलुन डो अर बेजन्माले पाउनेमा कुनै शंका छैन- मेसी

kharibot

काठमाडौँ । लियोनेल मेसीले यस पटकको बेलुन डो अर अवार्ड रियल म्याड्रिडका फ्रेन्च स्टार करिम बेजन्माले पाउनुपर्ने बताएका छन् ।

टिवाइसी स्पोर्ट्ससँग कुरा गर्दै मेसीले बेन्जमाले बेलुन डो अर पाउनुपर्नेमा कुनै शंका नरहेको बताएका हुन् ।

उनले भनेका छन- 'मलाई लाग्छ बेन्जमाले बेलुन डो अर पाउनेमा कुनै शंका छैन । यो धेरै हदसम्म स्पष्ट छ । उनको यो बर्ष निकै राम्रो भएको छ । च्याम्पियन्स लिगमा उनले धेरै रम्रो खेलेका छन् ।'

बेन्जमाले यस सिजनको च्याम्पियन्स लिगमा १५ गोल गरेका थिए । रियल म्याड्रिडलाई नकआउट चरणमा पिएसजी, चेल्सी र म्यानचेस्टर सिटीविरुद्ध जित हासिल गर्न बेन्जमाले ठुलो भूमिका निभाएका थिए ।

त्यस्तै बेन्जमाले यस सिजनमामा रियल म्याड्रिडलाई ला लिगाको उपाधि जिताउन पनि ठुलो भूमिका खेलेका छन् । उनले ला लिगामा यस सिजनमा २७ गोल गरेका छन् भने १२ गोल असिस्ट गरेका छन् ।

बार्सिलोनाबाट पिएसजी आएपछि मेसीको पहिलो बर्ष खासै सम्झन लायक रहेन । मेसीले यस बारेमा पनि खुलेर कुरा गरेका छन् । 

मेसीले भनेका छन्- 'यो मेरो लागि नयाँ थियो । फरक अवस्थामा, मलाई बार्सिलोना यस्तो कहिल्लै भएको थिएन । यहाँ अवस्था ठिक उल्टो थियो । च्याम्पियन्स लिगको प्रदर्शन निराशाजनक भयो ।'

साथै मेसीले रियल म्याड्रिड उत्कृष्ट टिम नभएर पनि च्याम्पियन्स लिग जितेको टिप्पणी गरेका छन् । मेसीले भनेका छन्- रियल म्याड्रिड च्याम्पियन बनेको छ । तर उनीहरु उत्कृष्ट टिम नहुदा पनि सबैलाई पराजित गरे ।'
      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै