• २०८१ बैशाख ८ शनिबार

च्याम्पियन्स लिग फाइनलमा भएको ढिलाइबारे युइएफएले छानबिन गर्ने

kharibot

काठमाडौँ । युरोपेली फुटबल संघ (युईएफए) ले शनिबार युइएफए च्याम्पियन्स लिगको फाइनल खेल सुरु हुन करिब आधा घण्टा ढिलो भएकोमा स्वतन्त्र छानबिन सुरु गरेको छ ।

पेरिसमा लिभरपुल र रियल मड्रिडबीचको खेल विभिन्न कारणले ३६ मिनेट ढिलो भएको थियो । तस्बिरहरूले लिभरपुलका समर्थकहरू स्टेडियममा प्रवेश गर्न लामो लाइनमा उभिएका र त्यसपछि फ्रान्सेली पुलिसले भीडमा अश्रु ग्यास प्रहार गरेको देखाइएको छ ।

सोमबार, फ्रान्सेली अधिकारीहरूले टिकट बिक्रीमा संगठित हेरफेरको गुनासो गरेका छन् ।

फ्रान्सेली खेलकुद मन्त्री एमिली अडिया क्यास्टेराले रियल म्याड्रिडका समर्थकहरूसँग त्यस्तो कुनै समस्या नभएको र स्पेनले लिभरपुलभन्दा राम्रोसँग खेल हेर्न आउने दर्शकलाई नियन्त्रण गरेको बताए ।

त्यसपछि लिभरपुलका अध्यक्ष टम वेर्नरले फ्रान्सेली खेलकुद मन्त्रीसँग आफ्नो बयानका लागि माफी माग्नुपर्ने माग गर्दै पत्र लेखेका थिए ।

युइएफएले आफ्नो प्रतिवेदन सबै सम्बन्धित पक्षबाट प्रमाण जुटाएर स्वतन्त्र अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ । त्यसपछि युइएफएले यस प्रकरणमा अर्को कदम चाल्ने बताएको छ ।

यस खेलमा रियल मड्रिडले लिभरपुललाई १–० ले हराएर च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै