• २०८१ बैशाख ७ शुक्रबार

कबड्डी-४ की अभिनेत्री मगरविरूद्ध प्रदर्शन

kharibot

काठमाडौँ । फिल्म कबड्डी-४ की अभिनेत्री मिरुना मगरमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेपछि विरोध शुरु भएको छ ।  अभिनेत्री मगरविरूद्ध चाबहिलस्थित केएल टावरमा मंगलबार बिहानदेखि प्रदर्शन भएको छ ।

कबड्डी-४  सिनेमाको फिल्म प्रोमोसनमा जाँदा आफूमाथि दुर्व्यवहार भएको भन्दै अभिनेत्री मगरले उजुरी दिएपछि युवकलाई पक्राउ परेका थिए ।

प्रहरीले आइतबार २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको थियो । तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

तामाङले आफुलाई अभद्र व्यवहार गरेको भन्दै अभिनेत्री मगरले थप्पड समेत हिर्काएकी थिइन् । 

पक्राउ परेका व्यक्ति तामाङ भिक्षु भएको र उनले अभद्र व्यवहार नगरेको भन्दै उनको पक्षमा प्रदर्शन भएको छ । प्रदर्शनमा उत्रिएका युवाहरूले अभिनेत्री मगरले माफी माग्नुपर्ने र भिक्षुलाई नि:शर्त रिहा गर्नुपर्ने माग राखेका छन् । उनीहरुले कबड्डी-४ फिल्म बहिष्कार समेत चेतावनी दिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै