• २०८१ बैशाख ६ बिहीबार

केराबाट आफ्नो छाला र कपाल यसरी चम्काउनुहोस् 

kharibot

काठमाडौं । केराले स्वास्थ्यलाई राम्रो गर्छ । यो हामी जान्छौँ र केराले अरु पनि फाइदा छ, जुन हामी कमैलाई थाहा छ । केरा केवल हाम्रो स्वास्थको लागि राम्रो हुन्छ । अझ यसले तपाईंको छाला र कपाल मात्र नभई धेरै घरेलु कामको लागि प्रयोग गर्न सक्नुहुन्छ । 

कपालको लागि 
लगातार कलरिगं र केमिकलबाट खराब भएको कपाल केराबाट राम्रो बनाउन सकिन्छ । भिटामिन बी र सी पाइने हुँदा केराले कपाललाई प्रशस्त पोषण दिन्छ । केरामा पाइने पोटासियमले भरपुर कपाललाई मुलायम बनाउन मद्दत गर्दछ । तपाईंको कपाल धेरै रुखो छ भने एउटा केराको गुदी एक चम्चा ग्लिसरिन या मह मिलाएर प्याक बनाउने र कपालमा लगाउने  गर्नुहोस् । 

पोलेको छ भने जलनको पीडा कम गर्न पनि केराको गुदीको प्रयोग गन सकिन्छ । तुरुन्त आराम मिल्छ । 

छालाको लागि पनि फाइदाजनक 
केराको छालालाई स्वस्थ र चमकदार बनाउनको प्रयोग गर्न सकिन्छ । केरामा भिटामिन सी, ए,  पोटासियम, क्याल्सियम, फस्फोरस र कार्बोहाइडे«ट भरपूर मात्रामा पाइने हुँदा छालाको लागि हर किसिमले फाइदा हुने देखिन्छ ।

यसले राम्रो मोश्चराइजको काम पनि गर्दछ । घरमा केराको फेस प्याक बनाउनको लागि एक चौथाइ पाकेको केरा, एक चम्चा मह र आधा चम्चा दही मिलाउने ।

यसलाई राम्रोसँग मिसाएर आफ्नो अनुहारमा फेस प्याक जसरी लगाउने र १० देखि १५ मिनेट अनुहारमा राखेर सफा गर्ने । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै