• २०८१ बैशाख ४ मंगलबार

अमेरिकामा रहेका नेपालीले होली मनाए

kharibot

तस्बिर : रासस

टेक्सास । अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा बस्ने नेपालीले भव्य रुपमा होली पर्व मनाएका छन् । 

नेपाली हेरिटेज युनियन एनएचयुले आयोजना गरेको होली पर्वमा अमेरिकामा बस्दै आएका थुप्रै नेपालीको उपस्थिति रहेको थियो । 

अमेरिकामा बस्दै आएका नेपालीबीच सम्बन्ध सुमधुर बनाउने उद्देश्यले होलीको आयोजना गरेको संस्थाका अध्यक्ष विदुर दवाडीले जानकारी दिए । 

उक्त अवसरमा नेपालबाट अमेरिका आउँदा, यहाँ आइसकेपछि भोग्नुपर्ने समस्या, यहाँ बसोबास गरिरहेकाहरुको समस्या, त्यसको समाधान र नेपाली भाषा, संस्कृति जोगाउनेबारे छलफल गरिएको सो संस्थाका कोषाध्यक्ष दीपेन्द्र गौतमले बताए । 

एनएचयुको स्थापना सन् २०१७ मा भएको हो । उक्त संस्थाले अमेरिकामा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । त्यसैक्रममा एनएचयुले होली पर्वको आयोजना गरेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै