• २०८१ बैशाख ८ शनिबार

बिरालो मारेकै कारण १६ वर्षको जेलसजाय !

kharibot

 एक जना क्यालिफोर्नियालीलाई न्यायाधीशले १६ वर्षको जेल सजाय हुने फैसला सुनाएका छन् । २१ बिरालाहरु अपहरण गरी बिजोक बनाएर मारेका कारण ती मान्छेले लामो र अनौठो सजाय भोग्नुपर्ने भएको हो ।

सान्ता क्लारा गाउँका न्यायाधीश शारोन च्याटमानले यस्तो फैसला गरेको एजेन्सीहरुले जनाएका छन् । समाजलाई आतंकित बनाएको, शान्ति खलबल्याएको तथा जनावरहरुको हत्या गर्नुका साथै अरु मान्छेले पालेको पाल्तु जनावर चोरेर हत्या गरेको अभियोग ती व्यक्तिमाथि लगाइएको हो ।

अदालतका अनुसार सन् २०१५ देखि क्याम्ब्रियन पार्क क्षेत्रमा बिरालाहरु हराउनथालेका थिए । सोही महिना सुरक्षा जाँच गर्ने सीसीटीभी फुटेजमा एउटा मान्छे बिरालोलाई जबर्जस्ती समाउँदै गरेको दृश्य कैद भएको थियो । पछि त्यो बिरालाको शरीर नै देखिएन । दोषी पाइएका रोबर्ट फार्मरलाई गत अक्टोबरमा प्रहरीले एउटा कारमा सुतिरहेको अवस्थामा पक्राउ गरेको थियो । सँगै कारमा मरेको एउटा बिरालो पनि थियो । त्यसपछि उक्त कारको खोजीमा बिरालाका भुत्लाहरु, रगतका टाटाहरु र चारवटा बिरालाका शरीर पाइएको थियो । उक्त ठाउँका धेरै जसो मानिस फार्मरबाट पीडित भएको छन् ।

त्यसो त फार्मरमाथि शारीरिक सम्पर्कजन्य हर्कत गरेको समेत आरोप लगाइएको छ । बिरालो हराउनथालेपछि फेसबुक ग्रुप जस्टिस फर आवर क्याट्ज भनेर फेसबुक ग्रुप पनि खोलिएको थियो ।

न्यायाधीशले फैसला सुनाउनुअघि बिरालाहरुको नाम नै सुनाएका थिए । झण्डै २० जनावरमाथि निर्दयितापूर्वक हिंसा गरेको आरोप फार्मरमाथि लगाइएको छ । यतिमात्र हैन अदालतले फार्मरलाई जेलबाट छुटेपछि पनि क्याम्ब्रियन पार्क नेबरहुडको १०० यार्ड टाढै रहन आदेश दिएको छ । यसबाहेक फार्मले जेलजीवनबाट छुटे पनि त्यसको १० वर्षसम्म कुनै पनि पाल्तु जनावर राख्न र पाल्न समेत नपाउने भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै