अमेरिका पुर्याइएका बार्हौ शताब्दीका मूर्ति फिर्ता हुँदै

खरीबोट
ad

वासिङ्टन डिसी ।  विभिन्न अवैधानिक माध्यमबाट अमेरिका ल्याइपुर्याइएका करीव ८०० वर्ष पुरानो मूर्ति नेपाल पठाइने भएको छ । 

अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा प्रदर्शनीका लागि राखिएका दुई थान मूर्ति उक्त संग्रहालयले नेपाललाई हस्तान्तरण गर्न तत्परता देखाएको छ । सोसम्बन्धी सम्झौतामा सोमबार संग्रहालयका तर्फबाट अध्यक्ष डानियल एच विस र नेपालका तर्फबाट न्यूयोर्कस्थित महावाणिज्यदूत मधुकुमार मरासिनीले हस्ताक्षर गरेका छन् । 

सन् १९८० का दशकमा नेपालबाट मूर्ति चोरी भएर विभिन्न बाटो हुँदै अमेरिका पुगेको थियो । चोरी भएका मूर्तिमा पाटनमा रहेको उमामहेश्वर र बुद्धको मूर्ति छन् । ती दुवै मूर्ति नेपाली प्रस्तरकलामा आधारित बाह्रौँ र तेह्रौँ शताब्दीमा निर्माण गरिएको बताइएको छ । संग्रहालयले चोरीको मूर्ति प्रदर्शनीमा राख्ने आफ्नो नीति नभएकाले हस्तान्तरणको प्रक्रिया अगाडि बढाइएको जनाएको छ । 

सोमबार मूर्ति फिर्ता गर्न आयोजित हस्ताक्षर कार्यक्रममा अध्यक्ष विसले संग्रहालयमा अवैधानिक तरीकाले प्राप्त मूर्ति नरहून् भन्ने अभिप्रायले मूर्ति फिर्ता गर्न लागिएको बताए । महावाणिज्यदूत मरासिनीले पुरातात्विक महत्वका मूर्ति फिर्ता गराउन पहल गरेकामा संग्रहालयलाई धन्यवाद दिँदै यसले अवैधानिक तरीकाले मूर्तिको व्यापार गर्नेलाई निरुत्साहन गर्ने बताए । 

ती मूर्ति भन्सार मापदण्डको प्रक्रिया पूरा गरी अप्रिल(चैतवैशाख)भित्र नेपाल पठाइसकिने योजनामा न्यूयोर्कस्थित कन्सुलर जनरलको कार्यालयले गृहकार्य गरेको छ ।

सम्बन्धित समाचार

कृष्णनगर बजारको निषेधाज्ञा साँझ ५ बजेसम्मका लागि फुकुवा

कपिलवस्तु / जिल्ला प्रशासन कार्यालयले कृष्णनगर बजार क्षेत्रमा आज साँझ ५ बजेसम्म निषेधाज्ञा हटाएको छ । दुर्गाको मूर्ति सेलाउने क्रममा विवाद बढेपछि जिप्रकाले निषेधाज्ञा लगाएको थियो ।  निषेधाज्ञा हटेपछि भारतीय सीमावर्ती

कृष्णनगरमा कफ्र्यु जारी, कडा सुरक्षाका साथ मूर्ति विसर्जन

कपिलवस्तु /  दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हँुदा कपिलवस्तु प्रशासनले आइतबारदेखि कफ्र्यु लगाएको छ ।  शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा

कपिलवस्तुको कृष्णनगरमा दुर्गा मूर्ति विसर्जनका क्रममा विवाद, प्रशासनद्वारा कर्फ्यू जारी 

तौलिहवा। कपिलवस्तुको कृष्णनगरमा नवदुर्गा पूजाको मूर्ति विर्सजनका क्रममा विवाद उत्पन्न भएको छ । कृष्णनगर बजारभित्र नवरात्रभर पूजा गरिएका मूर्तिलाई विसर्जन गर्न लैजाने क्रममा बाटोमा विवाद सिर्जना भएको थियो ।  शनिबारदेखि सुरु

विश्वकर्माको विधिपूर्वक पूजा, मङ्गलबारदेखि मूर्ति सेलाइने

काठमाडौँ। कालीगढहरुले विधिपूर्वक विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाएका छन् ।  द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि बाबा विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा


z