• २०८१ बैशाख ८ शनिबार

तरुण दलको जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला नगरकोटमा 

kharibot

भक्तपुर । नेपाल तरुण दलको जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला आजबाट भक्तपुरको नगरकोटमा सुरु भएको छ । 

भेलामा देशको समसामयिक राजनीति र तरुण दलको संगठन विस्तारका विषयमा छलफल हुने तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले जानकारी दिएका छन् । 

राष्ट्रिय भेलामा मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको विशेष परिस्थितिमा सामसामयिक राजनीतिक समीक्षा, तरुण दलको संगठन चुस्तदुरूस्त तथा थप निर्माण र भावी राजनीतिको विषयमा छलफल गर्न भेला आयोजना गरिएको बताए । भेलामा आज पहिलो दिन जिल्ला अध्यक्ष र केन्द्रिय समितको बिचमा जिल्लाले आफ्नो प्रतिबेदन बुझाउने र आफ्नो संगठनको अबस्थाको बारेमा धारणा राख्ने कार्यक्रम रहेको छ ।

भेलाको एक विशेष कार्यक्रमका बिच २३ गते दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने र २४ गते बरिस्ठ नेता रामचन्द्र पौडेलले समापन गर्ने कार्यक्रम रहेको छ । भेलामा सहभागी हुन ७५ जिल्लाबाटै अध्यक्षहरु पुगिसकेको शाहीले जानकारी दिएका छन् ।

महासचिव शाहिका अनुसार राष्ट्रिय भेलामा विभिन्न विषयमा बृहत छलफल गरेर तरुण दलले आगामी कार्ययोजना तय गर्ने भएको छ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै