• २०८१ बैशाख १३ बिहीबार

फ्रान्सेली राष्ट्रपति, जर्मन चान्सलर र इटालीका प्रधानमन्त्री कीभ प्रस्थान

kharibot

कीभ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी बिहीबार पोल्याण्डबाट कीभ जाने रेलमा चढेको एएफपी सम्वाददाताले जनाएका छन् ।

एएफपी भिडियोद्वारा प्रसारित भिडियोमा तीन नेताहरू बिहान रेलको डिब्बामा सँगै बसेको देखाइएको थियो ।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेपछि युरोपेली संघका तीन देशका नेताहरूले कीभको भ्रमण गरेको यो पहिलो पटक हो ।

उनीहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट्ने छन् । कीभले इयुको सदस्यताका लागि जोड दिइरहेको बेला यो भ्रमण आएको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै