• २०८१ बैशाख ८ शनिबार

फ्रान्सेली राष्ट्रपति, जर्मन चान्सलर र इटालीका प्रधानमन्त्री कीभमा

kharibot

कीभ ।  फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी रुसी आक्रमणपछि पहिलो पटक युक्रेन भ्रमणका लागि बिहीबार कीभ आइपुगेका छन् ।

नेताहरू पोल्याण्डबाट विशेष ट्रेन चढेर त्यहाँ पुगेको तस्बिर एएफपीले सार्वजनिक गरेको छ । तस्बिरमा उनीहरूलाई युक्रेनी राजधानीको प्लेटफर्ममा ओर्लिरहेको देखाइएको छ। शक्तिराष्ट्रका नेताहरूको यस किसिमको युक्रेनको सामूहिक भ्रमण फेब्रुअरी २४ मा रुसी आक्रमणपछिको पहिलो हो।

म्याक्रोनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट्ने र "नरसंहार भएको युद्धस्थलमा जाने" बताएका छन् । त्यस्तै फ्रान्सेली नेताले कीभ नजिकका शहरहरूमा  जारी रुसी अत्याचारलाई "युद्ध अपराध" भनेका छन् । "यो युक्रेनी पुरुष र महिलाहरूलाई सम्बोधन गरिएको युरोपेली एकताको सन्देश हो," म्याक्रोनले ट्रेनबाट ओर्लँदै भने।

उनले भने- वर्तमान र भविष्य दुबैको बारेमा कुरा गर्न आफूहरू त्यहाँ पुगेको तर त्यो विषय धेरै गाह्रो हुनेछ ।

युक्रेनले युरोपेली संघमा सामेल हुन आधिकारिक उम्मेदवारको हैसियत दिन दबाब दिइरहेको बेला यो भ्रमण भएको हो। तीनै जना नेताहरूले बिहीबार बिहान पोल्याण्डबाट कीभका लागि विशेष ट्रेनमा यात्रा गरेका थिए ।

जर्मन मिडियाले उनीहरूलाई पोल्याण्डको दक्षिण-पूर्वी शहर रजेस्जोमा "रातमा" भेटेको बताएको छ जहाँ अन्तरराष्ट्रिय विमानस्थल छ । फ्रान्सेली नेताले भर्खरै युक्रेनको छिमेकी राष्ट्र मोल्डोभाको भ्रमण पूरा गरेका थिए ।

रोमानियाका नेता क्लाउस इओहानिस बिहीबारपछि कीभमा आफ्ना फ्रान्सेली, जर्मन र इटालियन समकक्षीहरूसँग सामेल हुन लागेका छन् ।

अन्य पश्चिमी नेताहरूले पनि हालैका हप्ताहरूमा कीभको भ्रमण गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै