• २०८१ बैशाख ७ शुक्रबार

ईङल्याण्डको एकदिवसीय क्रिकेटमा नयाँ किर्तिमान, बनायो अहिलेसम्मकै धेरै रन

kharibot

काठमाडौँ । ईङल्याण्डले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी ब्याटिंग गरेको छ । नेदरल्याण्डसविरुद्धको एकदिवसीय खेलमा ईङल्याण्डले पहिला ब्याटिंग गर्दै कीर्तिमानी ४९८ रन बनाएको हो ।

शुक्रबार टस हारेर पहिला ब्याटिंग गरेको ईङल्याण्डले ४ विकेट गुमाउदै ४९८ रन बनाएको हो । ईङल्याण्डका लागि तीन खेलाडीले शतक प्रहार गरेका थिए । जसमा जोस बटलरले ७० बलमा अविजित १६२ रन बनाएका थिए । त्यस्तै फिल साल्टले ९३ बलमा १२२ रन बनाए भने डविड मलानले १०९ बलमा १२५ रन बनाएका थिए ।

त्यस्तै लियाम लिभिङस्टोनले २२ बलमा अविजित ६६ रन बनाएका थिए ।

यो एकदिवसीय क्रिकेटको इतिहासमा एक इनिंगमा बनेको अहिलेसम्मको सबैभन्दा धेरै रन हो ।

यस अघि एकदिवसीय क्रिकेटमा एक इनिंगमा ४८१ रन बनेको थियो । यो पनि ईङल्याण्डले नै अस्ट्रेलियाविरुद्ध २०१८ मा बनाएको थियो । त्यस्तै यसअघि ४४४ रनको रेकर्ड रहेको थियो, त्यो पनि ईङल्याण्डले पाकिस्तानविरुद्ध २०१६ मा बनाएको थियो ।
             

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै