सुरक्षा व्यवस्था चुस्त बनाउन निर्वाचन आयोगको आग्रह

खरीबोट
ad

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपतिको आसन्न निर्वाचनमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त ढङ्गले मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ । 

राष्ट्रपतिको निर्वाचन सञ्चालन र व्यवस्थापनको तयारीको क्रममा आज निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले उक्त निर्देशन दिएको आयोगको प्रवक्ता नवराज ढकालले जानकारी दिए । राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुँदैछ । 

बैठकमा प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले स्थानीय तह, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित रुपले सम्पन्न गर्न सुरक्षा निकायले पुर्याएको योगदानप्रति धन्यवाद दिएका थिए । 

निर्वाचन आयुक्त सुधीर कुमार शाहले राष्ट्रपतिको निर्वाचनमा पनि सुरक्षा निकायले त्रुटीरहीत ढङ्गले निर्वाचनका सबै प्रक्रियामा सुरक्षा प्रदान गर्न निर्देशन दिए । 

गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा लगायतका सुरक्षा निकायका प्रतिनिधिहरुले शान्तिपूर्ण रुपमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षाका दृष्टिले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

बैठकमा निर्वाचन आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरी प्रसाद पौड्याल, निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याल, रक्षा मन्त्रालयका सचिव विनोद के।सी। एवं अन्य सुरक्षा निकायका प्रमुखहरु सहभागी भएका थिए ।

सम्बन्धित समाचार

मालदिभ्सको निर्वाचनमा यमीनको पराजय भएको अदालतको ठहर

कोलम्वो। मालदिभ्सको सर्वोच्च अदालतद्वारा गत महिना भएको राष्ट्रपतीय निर्वाचन परिणामलाई रद्द गरी नयाँ निर्वाचन गर्नका लागि वर्तमान राष्ट्रपति अब्दुल्ला यमीनले गरेको निवेदनलाई आइतबार खारेज गरिदिएको छ ।  अदालतको उक्त निर्णयसँगै यमीनको

बङ्गलादेशमा निर्वाचनको मिति घोषणा नोभेम्बर महिनाको अन्तिम साता

ढाका। एएफपी बङ्गलादेशमा संसदीय निर्वाचनको मिति घोषणा गरिने भएको जानकारी त्यहाँको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आगामी नोभेम्बर महिनाको अन्तिम साता यहाँको संसदीय निर्वाचनको मिति घोषणा गरिने र

निर्वाचनको समयमा भएका प्रतिबद्धताअनुसार सरकारले काम गर्ने : अध्यक्ष प्रचण्ड

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको समृद्ध राष्ट्र र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न सबै एकताबद्ध भई सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने बताएका छन्

माल्दिभ्सको निर्वाचन परिणामबारे आइतबार सुनुवाई हुने

कोलम्बो। माल्दिभ्सको सर्वोच्च अदालतले निर्वाचनका बारेमा परेको मुद्धामाथी आउदो आइतबार सुनुवाई गर्ने जनाएको छ ।  हालै भएको राष्ट्रपतीय निर्वाचनबारेमा राष्ट्रपति अब्दुला यमीनले दिएको चुनौतीबारेमा आइतबार सुनुवाई गर्ने तय भएको अदालतले बिहीबार


z