• २०८१ बैशाख ८ शनिबार

सहमतिका आधारमा प्रदेश खारेज गरौँ- कमल थापा

kharibot

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले दलहरुबिच आपसी सहमति र बिश्वासको बाताबरण शृजना गरि प्रदेश सरकारको ब्यबस्था खारेजका साथै हिन्दूराष्ट्र कायम गर्नु उपयुक्त हुने बताएका छन् ।

शनिबार पार्टी आबद्ध जनबर्गिए संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले आर्थिक रुपमा मुलुक टाट हुने अबस्थामा पुग्न सक्ने डरलाग्दो अबस्था भएको , संघीय व्यबस्था आर्थिक रुपमा बोझिलो भएको तर्फ राज्य संचालकहरु चिन्तित नहुनु बिडम्बना भएको बताए ।

"सुदृढ स्थानीय स्वायत्त शासन अनुरुपको अधिकार सम्पन्न स्थानिय निकाए र बलियो केन्द्रीय सरकार भए पुग्छ, बिचको संरचना आबश्यक छैन" थापाले भने । यसै गरि सर्बधर्म समभाब सहितको सनातन हिन्दुराष्ट्र मुलुकको पहिचान भएकोले यसको महत्त्व र आबश्यकता माथी चर्चा गर्दै थापाले  राप्रपा नेपालले उठाएको धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्रको एजेन्डाले  सबैको हित गर्ने स्पष्ट पारे ।

राप्रपा नेपाल बारे धेरै भ्रमहरु छरिएका छन्, प्रायोजित रुपमा बदनाम गराउने प्रयास भैइरहेको भन्दै जनबर्गिए संगठनले त्यसको प्रतीवाद गर्दै स्पष्ट पार्ने अभियान शुरु गर्न निर्देशन दिए । जनबर्गिए संगठनहरुको गतिविधि र सक्रियताले आगामी निर्बाचनमा पार्टीलाई राष्ट्रिय पार्टी बनाउन महत्त्वपूर्ण भुमिका खेल्ने भन्दै थापाले पार्टी सङ्गसङ्गै समानान्तर रुपमा संगठन निर्माणमा जनबर्गिय संगठन केन्द्रित हुन थापाको जोड थियो ।

बैठकले आगामी असार १८ गते काठमाडौंमा जनबर्गिय संगठनको संयुक्त भेला गर्ने र असार २४ र २५ गते राष्ट्रिय सनातन धर्म सम्मेलन गर्ने निर्णय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बैठकमा संगठनका प्रमुखहरुले संगठनका गतिविधि र भाबी कार्ययोजना प्रस्तुत गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै