• २०८१ बैशाख ७ शुक्रबार

प्रियंका रानी जोशीले जितिन् ‘मिस नेपाल वर्ल्ड २०२२’ को उपाधि

kharibot

काठमाडौँ । यस बर्षको मिस नेपाल वर्ल्डको उपाधि प्रियंका रानी जोशीले जितेकी छन् ।

शनिबार ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गरेको ग्रान्ड फिनालेमा २२ प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौं निवासी २४ वर्षीया जोशीले ‘मिस नेपाल वर्ल्ड २०२२’ उपाधि जितेकी हुन् । उनले मिस डिलाइट उपाधिसमेत हात पारिन् ।

उपाधिसँगै उनले ‘मिस वर्ल्ड २०२२’का लागि नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छिन् । उनलाई ‘मिस नेपाल २०२०’ नम्रता श्रेष्ठले ‘क्राउन’ लगाइदिएकी थिइन् ।

त्यस्तै ‘मिस नेपाल अर्थ’ को उपाधि भने संखुवासभाकी २५ वर्षीया सरिशा श्रेष्ठले र ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि प्रतियोगी विराटनगरकी २४ वर्षिया न्यान्सी खड्काले जितेका छन् । 

मिस कन्फिडेन्टको उपाधि पनि मिस नेपाल अर्थ श्रेष्ठले नै जितिन् भने ‘मिस पपुलर चोइस’ उपाधि खड्काले हात पारिन् ।

त्यस्तै अन्य उपाधितर्फ ‘मिस ब्युटी विथ पर्पज’ प्रतियोगी स्मारिका शर्मा, ‘मिस फोटोजेनिक’ ममता ढकाल र ‘मिस ग्ल्यामर’ सोफिया श्रेष्ठले जितेकी छन् ।

यस वर्षको मिस नेपालमा देशभरबाट झन्डै ८ सय जनाले आवेदन दिएका थिए । आवेदकहरुमध्ये १ सय ९६ जना छनोट गरी २३ जना प्रतिस्पर्धीहरु ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गराइएको थियो ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै