• २०८१ बैशाख १२ बुधबार

अनेरास्वियुको नेतृत्व लिन सक्षम छु : महासचिव ऐन महर

kharibot

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन  (अनेरास्वियु) का महासचिव ऐन महरले कम्युनिष्ट शासनका कामलाई जनताले प्रत्यक्ष महशुस गर्ने गरि सम्पन्न गराउन अनेरास्ववियुको मुख्य जिम्मेवारी रहेको बताएका छन् ।

अनेरास्ववियु आर.आर. क्याम्पस कमिटीमा मनोनित सदस्यको सपथ ग्रहण तथा अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै महासचिव महरले यस्तो बताएका हुन् ।

‘नेपाल कम्युनिष्ट पार्टीको एकताका कारणले यसका भातृ संगठनको पनि एकता गर्नुपर्ने विशेष परिस्थितिमा हालको अनेरास्ववियु रहेकोे र यसको नेतृत्वमा को आउने भन्ने कुराले सरगर्मी बढेको छ, साथै संगठनका अध्यक्ष नविना लामा सांसद भईसकेकाले अब अनेरास्ववियुमा नयाँ नेतृत्व आउने र आगामी दिनमा अनेरास्ववियुको मात्र नभई एकिकृत संगठन कै नेतृत्व लिन आफु सक्षम छु,’ उनले भने । 

कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटीका सचिव आर.सी. लामिछानेले आर.आर. क्याम्पसमा हाल अध्यापन भइरहेका विषयहरुसँगै अन्य आवश्यक विषय थप गर्नुपर्ने आवश्यकता औल्याएका थिए । ‘शैक्षिक गुणस्तरियता वृद्धीका लागि शिक्षक र विद्यार्थी दुवै आफ्नो कर्तव्य पालनाका लागि सधै तयार रहनु पर्छ । विद्यार्थीको मुख्य काम पढ्नु नै हो ।’ उनले भने । 

कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य तथा आर.आर. स्ववियुका अध्यक्ष तपेन्द्रबहादुर शाहीले क्याम्पसको शैक्षिक गुणस्तर वृद्धीकालागि स्ववियु र अनेरास्ववियु क्याम्पस कमिटी सधै सक्रिय रुपमा लागि रहेको बताए । उनले आफु नेतृत्वमा आई सके पश्चात क्याम्पसको भौतिक गुणस्तर वृद्धी साथै शैक्षिक गुणस्तर वृद्धीकालागि पर्याप्त कामहरु भएको समेत जानकारी गराए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै स्वावियु आर.आर.का उपाध्यक्ष तथा अनेरास्वावियु आर.आर. का अध्यक्ष श्रीकृष्ण उप्रेतीले विद्यार्थीमा अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउन अनेरास्ववियु आर.आर.ले मुख्य भुमिका खेल्दै आएको बताए । हरेक क्षेत्रमा अब्बल विद्यार्थीलाई नै यहाँको नेतृत्वमा ल्याउन अहोरात्र लागिरहेको उनको भानाइ थिए ।

सपथ ग्रहण कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्यहरु अशोक थापा, पंकज भण्डारी, अनेरास्ववियु आर आरका पुर्व अध्यक्षहरु नेत्र मैनाली, एकराज कडेल, केन्द्रिय राष्ट्रिय परिसद सदस्य नारायण शर्मा , सुबास ढुङ्गाना, डिवी आले  लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

अनेरास्ववियु आर आर क्याम्पस कमिटीको गएको आईतबार बसेको पुर्ण बैठकले ४३ जनालाई कमिटीको सदस्यमा मनोनित गरेको थियो । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै