• २०८१ बैशाख ७ शुक्रबार

बायर्न छोड्ने बताएका लेवानडोस्की कुन क्लब जादैछन् ?

kharibot

काठमाडौँ । पोल्याण्डका स्ट्राइकर रोबेर्ट लेवानडोस्कीलाई किन्न बार्सिलोनाको बाटो थप स्पष्ट हुदै गएको छ ।

बार्सिलोनाले बायर्नबाट लेवानडोस्कीका लागि ५० मिलियन युरोको प्रस्ताव अपेक्षा गरेपछि अब दुवै क्लबबीच कुरा अगाडी बढ्ने वातावारण तयार भएको स्पेनिस मिडियाहरुले उल्लेख गरेका छन् ।

यस अघि बार्सिलोनाले लेवानडोस्कीका लागि दिएको ३२ मिलियन युरोको प्रस्तावलाई बायर्न म्युनिखले अस्वीकार गरेको थियो । साथै बायर्नले अर्को प्रस्ताव नआएसम्म थप वार्ता पनि नगर्ने जवाफ दिएको थियो ।

तर अहिले बायर्नले लिभरपुलबाट साडियो मानेलाई भित्र्याउने निश्चित भएपछि लेवानडोस्कीको बारेमा बार्सिलोनासँग छलफल गर्न तयार भएको बताइएको छ ।

लेवानडोस्कीले यस अघि नै बायर्न म्युनिख छोड्ने स्पष्ट गरिसकेका छन् । यद्यपी उनको थप एक बर्ष बायर्नमा सम्झौता रहेको छ । यस विषयमा उनको क्लब व्यवस्थापनसँग असमझदारी समेत बढेको थियो ।

लेवानडोस्कीको पहिलो लक्ष्य बार्सिलोना भएको र बार्सिलोनाले पनि लेवानडोस्कीलाई भित्र्याउन तिब्र इच्छा देखाएकोले अब बायर्नसँग अन्तिम पहल हुनसक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

लेवानडोस्कीलाई पिएसजी, चेल्सीसहितका ठुला क्लबले अफर गरेपनि उनले अहिलेसम्म बार्सिलोना बाहेक अन्य क्लबमा जाने इच्छा देखाएका छैनन् । चेल्सीले रोमेलु लुकाकुले छोड्ने भएपछि लेवानडोस्कीलाई भित्र्याउन पहल गरेपनि ठोस प्रगति हुन नसकेको बताइएको छ ।

२०१४ मा बुरुसिया डोर्टमण्डबाट बायर्न पुगेका लेवानडोस्कीले ८ सिजनमा कुल ३७५ खेल खेल्दै ३४४ गोल गरेका छन् ।

बायर्नमा हुदा उनले सबै सिजनमा बुण्डेसलिगाको उपाधि जितेका थिए भने एक पटक च्याम्पियन्स लिग, फिफा क्लब विश्वकपसहित १९ उपाधि जितेका थिए । उनले २०२१ मा बलुन डो अर जितेका थिए भने २०२० र २०२१ मा फिफाको बेस्ट प्लेयर अफ द इयरको अवार्ड जितेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै