• २०८१ बैशाख ८ शनिबार

जनताप्रति जिम्मेवारीवोध भए पेट्रोलियम पदार्थको मुल्य घटाउ- कमल थापा

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन आग्रह गरेका छन् ।

पेट्रोलियम पदार्थको मुल्यमा व्यापक बृद्धि भएपछि सामाजिक सञ्जाल मार्फत अध्यक्ष थापाले 

जनताप्रति अलिकति पनि जिम्मेवारीवोध भए तत्काल पेट्रोलियम पदार्थको मुल्य घटाउन आग्रह गरेका हुन् ।

उनले भनेका छन्- 

भारतको बिहारमा करिव १६५ नेरु पर्ने पेट्रोल १९९ मा र १५० नेरु पर्ने डिजेल १९७ मा बेच्ने नेपाल आयल निगम अझै घाटामा गएको बताउँछ । मुल्य बढाउनु बाध्यता हो भन्छ नेपाल सरकार । यो भन्दा निर्लज्जता र लाचारीको पारकाष्टा के हुनसक्छ ? जनता प्रति अलिकता पनि जिम्मेवारीवोध छ भने तत्काल मूल्य घटाउ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै