• २०८१ बैशाख १२ बुधबार

एन्फाको मतदान सम्पन्न, केहीबेरमा मतगणना हुने

kharibot

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षीय नयाँ कार्यसमितिका लागि मतदान सम्पन्न भएको छ । सोमबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न मतदानको मतगणना केहिबेरमा सुरु हुने एन्फाले जनाएको छ ।

एन्फाको यस निर्वाचनमा ८४ मत खसेको छ । जसमा एन्फासँग सम्बन्धित ४८ मध्ये ४५ जिल्लाले मताधिकार पाएका छन् । यस्तै, सहिद स्मारक ‘ए’ डिभिजन लिगका १४, ‘बी’ डिभिजन लिगका १४ मध्ये ११ र ‘सी’ डिभिजन लिगका १४ मध्ये ९ क्लबले मताधिकार पाएका छन् । त्यसबाहेक राष्ट्रिय लिगका लागि छनोट भएर खेल्नका लागि दुई वर्षदेखि प्रतीक्षारत चार वटा क्लबसँगै एन्फामा आबद्ध चार वटा संघले मताधिकार पाएका छन् भने रेफ्री, प्रशिक्षक, खेलाडी र महिला संघले एक–एक मत हाल्ने अधिकार पाएका छन् ।

एन्फाको आगामी चार वर्षे कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ अध्यक्षका लागि चुनावी मैदानमा छन् । दुवै अध्यक्षका आकांक्षी सदस्यसम्म आफ्नो प्यानल नै लिएर चुनावी मैदानमा रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै