• २०८१ बैशाख ७ शुक्रबार

कसरी बन्यो मंगल ग्रह ?

kharibot

काठमाडौँ । मानिसलाई अन्तरिक्षमा सबैभन्दा बढी चासो हुने कुनै ग्रह छ भने त्यो मंगल ग्रह हो । मंगल ग्रह कसरी बन्यो भन्ने बारे विभिन्न सिद्धान्तहरू दिइएको छ ।

तर २०० वर्ष पहिले पृथ्वीमा ठोक्किएको उल्कापिण्डले मंगल ग्रहको गठनको हाम्रो बुझाइलाई मौलिक रूपमा परिवर्तन गर्न सक्छ । मंगल ग्रहको भित्री भागको बारेमा हामीसँग भएका सबै जानकारीहरू तीनवटा अन्तरिक्ष चट्टानबाट आउँछन् । यी अन्तरिक्ष चट्टानहरू एक टक्कर पछि मंगल ग्रहबाट अलग भएका थिए र त्यसपछि पृथ्वीमा पुगेका थिए ।

यसमा सन् १८१५ मा उत्तर-पूर्वी फ्रान्समा फेला परेको चेसिङ्गी उल्कापिण्ड र शेरगोट्टी र नाखला भनेर चिनिने दुई अन्य समावेश छन् । चेसिङ्गी उल्कापिण्डको नयाँ विश्लेषणले मंगल ग्रहको आन्तरिक रासायनिक बनावट उल्कापिण्डको प्रभावबाट भएको खुलासा गरेको छ । यो नतिजाले मंगल ग्रहको रासायनिक बनावट सौर्य नेबुला भनिने ग्याँसको विशाल बादलबाट आएको सिद्धान्तलाई खण्डन गरेको छ ।

४ करोड वर्षमा मंगल ग्रह ठोस भयो

पृथ्वी र मंगल जस्ता चट्टानी ग्रहहरूमा हाइड्रोजन, कार्बन, अक्सिजन, नाइट्रोजन जस्ता ग्यासहरू कहाँबाट आयो भन्ने सोचाइलाई पनि नयाँ सिद्धान्तले खण्डन गर्छ । वैज्ञानिकहरू मंगल ग्रहमा विशेष चासो राख्छन्, किनभने यो सौर्यमण्डलको जन्म भएको लगभग ४० मिलियन वर्ष पछि मात्र ठोस भएको थियो । जबकि पृथ्वीलाई ठोस बन्न ५ देखि १० करोड वर्ष लाग्यो । सिद्धान्तका अनुसार धेरै उल्का पिण्डहरू नयाँ ग्रहसँग ठोक्किएका थिए, जसका कारण उनीहरूमा अन्य प्रकारका रसायनहरू पुगेका थिए ।

उल्कापिण्डबाट रसायन मंगल ग्रहमा पुग्यो

ग्रहहरूको भित्री भाग सोलर नेब्युलाले बनेको मानिन्छ, जबकि वायुमण्डलमा रसायनहरू उल्कापिण्डबाट आएको हो । यसअघि अनुसन्धानकर्ताहरूले चेसिङ्गीमा जेनोन ग्यास फेला पारेका थिए, जुन लाखौं वर्षसम्म रासायनिक रूपमा अपरिवर्तित रहन सक्छ । उल्कापिण्डको विश्लेषणले सौर्य नेब्युलाबाट मंगल ग्रहमा हाइड्रोजन, कार्बन र अक्सिजन भेटिएको र अन्य रसायन उल्कापिण्डबाट आएको देखाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै