• २०८१ बैशाख ७ शुक्रबार

यस्तो छ बालेनको चुनाव खर्चको विवरण

kharibot

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले चुनावी खर्च सार्बजनिक गरेका छन् । सोमबार सार्बजनिक गरेको खर्चमा बालेनले निर्वाचनमा ३ लाख ९४ हजार ४८९ रुपैयाँ खर्चभएको विवरण सार्बजनिक गरेका हुन् ।

उनले लामो समय लागेका कारण मतगणनाका क्रममा मात्र एक लाख खर्च भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्-    

खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने थियो तर विभिन्न कारणहरुले सो ढिलो भएकोमा माफी चाहन्छौँ । हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरनब्बे हजार चार सय उननब्बे रुपैयाँ (रु. ३,९४,४८९ /-) भएको छ ।

जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढि भएको थियो । मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महंगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ । 

र, भन्नै पर्ने कुरा छ - एउटा उम्मेदवारका रुपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि संख्या राखेर देखाउन सक्दैन । त्यो अमुल्य साथ र विश्वासले दिएको जिम्मेवारी पुरा गराउँन हामी हरसमय खटिरहनेछौँ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै