• २०८१ बैशाख ८ शनिबार

के गर्छस् मंगले आफ्नै ढंगले ? लिफ्टभित्रै पिसाब गर्दा फसे यी युवा 

kharibot

एसिया । चीनमा एक जना युवाले लिफ्टभित्र पिसाब फेरेपछि त्यहीँ थुनिनुपरेको छ ।

लिफ्ट चढ्ने क्रममा पिसाब फेरेपछि युवा त्यहीँ फसेका थिए । सामाजिक सञ्जालमा उनको हर्कतले तहल्का पिटिरहेको छ । सामाजिक सुरक्षा मन्त्रालयले अहिले सबै परिवारलाई आफ्ना बालबच्चालाई नियन्त्रण गर्न उर्दी जारी गरेको छ । 

यो घटना दक्षिण पश्चिम चीनको चोंगक्विंगमा रहेको एउटा भवनमा भएको थियो । पिसाबकै कारण लिफ्ट एकाएक बन्द भएपछि युवा थुनिएका थिए । पछि उनलाई उद्धार गरिएको थियो ।

उक्त घटनाको भिडियो मन्त्रालयको सामाजिक सञ्जालको उजुरी पृष्ठमा पोष्ट गरिएको थियो । वेइबो भन्ने चीनको ट्वीटरजस्तै सामाजिक सञ्जालमा पोष्ट गरिएको हो । 

उक्त भिडियो १२ मिलियनबढी पटक हेरिएको छ भने उनले पिसाब गर्दा लिफ्टको ढोका नखुलेका कारण ती युवा तनावमा परेका थिए ।

  • स्काई न्युजबाट । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै