• २०८१ बैशाख १२ बुधबार

न्यायाधीश कोइराला भन्छन्- अनुचित कार्य गरेको छैन, न्यायपरिषदले छानबिन गरोस्

kharibot

काठमाडौँ । इच्छाराज तामाङलाई धरौटीमा छुटाउन घुस लेनदेनको अडियो बाहिरिएपछि काठमाडौंका जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूले कुनै अनुचित कार्य नगरेको बताएका छन् छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत न्यायाधीश कोइरालाले सञ्चारमाध्यममा आएको अडियोप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै बिभिन्न प्रभाव र दवावका बाबजुद निष्पक्ष भुमिका निभाएको र न्यायपरिषदले छानबिन गरे सहयोग गर्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्- 'म बारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । म बाट कुनै अनुचित कार्य भएको छैन । बिभिन्न प्रभाव र दवावका बाबजुद निष्पक्ष भुमिका निर्वाह गरेको छु । ममाथि न्यायपरिषदबाट छानबिन होस् तथा सहयोग गर्ने पुर्ण प्रतिबद्धता वयक्त गर्दछु ।'

काठमाडौं जिल्लाका न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन घुस लेनदेनबारेको अडियो सार्वजनिक भएपछि न्याय क्षेत्र तरंगित बनेको छ ।

न्यूज २४ टिभीले मंगलबार साँझ न्यायाधिश कोइराला र अधिवक्ता पोखरेलबीचको करिब १० मिनेटको अडियो सार्वजनिक गरेको थियो ।

यो अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतले न्यायाधीश कोइरालालाई बुधबार कुनैपनि इजलास तोकेको छैन भने कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले यसै विषयमा छलफल गर्न न्यायपरिषद्को आकस्मिक बैठकसमेत  बोलाएका छन् ।

सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरुलाई आउने अधिवक्ता पोखरेलले न्यायाधिश कोइरालालाई भनेका छन् । त्यसमा कोइराला आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने शर्त राखेको सुन्न सकिन्छ । अधिवक्ता पोखरेलले प्रधानन्यायाधीशदेखि काठमाडौं जिल्ला अदालतका प्रमुखसम्मलाई आफूले मिलाउने अडियोमा बताएका छन् । घुस लेनदेन बारेको यो अडियो २०७८ पुस को रहेको देखिन्छ ।

सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गतवर्षको असोज १८ मा तामाङलाई पक्राउ गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै